नेपाल दुग्ध उत्पादक सहकारीद्वारा पशु स्वास्थ्य शिविर, औषधि तथा परामर्श सेवा निःशुल्क
झापा : नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, झापाको आयोजना, संकल्प एग्रो टेक प्रा.लि. को प्राविधिक सहयोग तथा ग्रीन फीड्स इन्डष्ट्रिज प्रा.लि. को सौजन्यमा बुधबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।
संस्थाको सभाहलमा आयोजित शिविरमा १०५ जना शेयर सदस्यद्वारा पालन गरिएका पशुहरूको १३६ वटा गोबर परीक्षण गरी नाम्ले तथा जुकाको औषधि निःशुल्क वितरण गरिएको थियो। साथै सहभागी सदस्यहरूलाई निःशुल्क टि–सर्ट समेत वितरण गरिएको थियो।
कार्यक्रम अन्तर्गत गाई, बाछारबाछी तथा भैंसीका गोठमै पुगेर वरिष्ट गाईनोलोजिस्ट डा. कपिलदेव यादवद्वारा रोग परीक्षण, बाँझोपन सम्बन्धी परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिएको थियो।
यस अवसरमा संस्थाका शेयर सदस्य अभिनारायण चापागाईलाई संकल्प एग्रो टेक प्रा.लि. को तर्फबाट सम्मान–पत्रद्वारा विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो।
संस्थाका अध्यक्ष बसन्त पौडेलको अध्यक्षता तथा कमल गाउँपालिका पशुसेवा शाखा प्रमुख दीपेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संकल्प एग्रो टेकका अध्यक्ष सुरेश प्रसाद रेग्मी, ग्रीन फीड्स इन्डष्ट्रिजका डा. राकेश कुमार यादव, पशु चिकित्सक महेश गौतम तथा बजार प्रतिनिधि कृष्ण कार्की लगायतको गरिमामय उपस्थिति थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार