जेष्ठ सदस्यका लागि विकूको घरदैलो स्वास्थ्य परीक्षण
२०८२ फागुन ८, शुक्रबार
गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक नीति तथा कार्यक्रमअनुसार तय गरिएको जेष्ठ/अग्रज सदस्यसँग ‘विकू आशीर्वाद’ कार्यक्रम अन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत विकूका पूर्ण सदस्य रहेका गैंडाकोट नगरपालिका वडा नं. १०, ११, १२ र १३ का जेष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको हो।
उक्त घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रममा गैंडाकोट नगरपालिका नगर अस्पताल तथा गैंडाकोट–१२ आधारभूत स्वास्थ्य केन्द्रको सात दिनसम्म प्राविधिक सहयोग रहेको थियो।
उल्लेखित वडाका ७० वर्षभन्दा माथिका ८१६ जना जेष्ठ नागरिकले स्वास्थ्य परीक्षण सेवा लिएका छन्। संस्थाले जेष्ठ सदस्यहरूको सम्मान, स्वास्थ्य सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेचुरल साकोसद्वारा कर्मचारी क्षमता अभिवृद्धि तथा वार्षिक लक्ष्य हस्तान्तरण
२५ श्रावण २०८३, सोमबार
मानवीय सेवामा विकूको योगदान, एकैदिन ३१० पिन्ट रक्त संकलन
२५ श्रावण २०८३, सोमबार
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार