सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौं : सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको हित प्रवद्र्धन तथा वृत्ति विकास गर्नका लागि स्थापना भएको नेपाल सहकारी पत्रकार समाज (सीजेएन)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
सीजेएनको सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित संस्थाको उपाध्यक्षमा नमिता दुलाल, सचिवमा माधव खड्का, सह–सचिवमा हिरा बस्नेत र कोषाध्यक्षमा प्रविण राउन चयन भएका छन् ।
यसैगरी नवगठित कार्यसमितिमा इश्वर ढुङ्गेल र श्रीराम दाहालले सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष खतिवडा यस अघिको कार्यसमितिमा उपाध्यक्ष, उपाध्यक्ष दुलाल सदस्य र सचिव खड्का कोषाध्यक्षको जिम्मेवारीमा रहेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बिष्णु गिरीले प्रमाणपत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा निर्वाचन समितिका अधिकृतद्वय राजेन्द्रसिंह नेगी र शिवराज योगीको समेत उपस्थिति रहेको थियो ।
सीजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाई, पूर्व अध्यक्ष डिल्ली सापकोटा र पूर्व अध्यक्ष खिला दाहालको आतिथ्य रहेको थियो ।
यसअघि संस्थाका सचिव सन्तोष रोकायायले संचालन गरेको वार्षिक साधारण सभाले अध्यक्ष काजी श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
यसैबीच नव निर्वाचित कार्यसमितिले आजै पदभार ग्रहण गरेको छ । जिम्मेवारी हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष काजी श्रेष्ठ, सचिव सन्तोष रोकाया, सह–सचिव सुधा देवकोटा र सदस्य बलराम बुढाथोकीको उपस्थिति रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार