एकता सहकारी बागलुङको २७औँ साधारण सभा सम्पन्न
बागलुङ : एकता सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा बागलुङ बजारमा सम्पन्न भएको छ।
सभाले अध्यक्ष ध्रुवप्रसाद शर्माले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष पवनलाल राजभण्डारीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
संस्थाका अध्यक्ष ध्रुवप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको सभामा पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्णशंकर श्रेष्ठ तथा कार्यक्रमका प्रमुख अतिथि एवं संरक्षक पद्यचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सभामा उपाध्यक्ष युवराज राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने लेखा समिति सदस्य रिता देवी शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
२०५६ सालमा स्थापना भएको यस सहकारीमा हाल १ हजार ९ सय सेयर सदस्य आबद्ध छन्। सहकारीको सेयर पुँजी ९ करोड १४ लाख रुपैयाँ रहेको छ। बागलुङ नगरपालिका–२, आवारोडमा कार्यालय रहेको यस सहकारीले हाल १५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सहकारी महासंघको अपिल
१० भाद्र २०८३, बुधबार
बाढी पीडितको राहतका लागि जनउत्थान साकोसको ८ लाख सहयोग
१० भाद्र २०८३, बुधबार
निसर्ग हस्पिटलमा नवजीवन सहकारीका सदस्यलाई विशेष उपचार छुट
९ भाद्र २०८३, मंगलवार