सज्जन महिला साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा कमला ढुंगाना

काठमाडौं : सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा संस्थाकी अध्यक्ष सीमा पुरीको अध्यक्षतामा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
नियामकीय मापदण्डको पूर्ण रुपमा पालना गर्दै सिधै एजेण्डागत रुपमा प्रस्तुति र छलफल गरी छोटो, मिठो र मितव्ययी तरिकाले उत्साहपूर्ण सदस्य सहभागिताका साथ सम्पन्न गरेको हो । फजुल खर्च न्यूनीकरण गर्ने उद्देश्यका साथ साधारण सभा इन्टरनेशनल जोसेफ पब्लिक स्कुलको प्राङ्गणमा आयोजना गरिएको थियो।

साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम लगायत एजेण्डा उपर छलफल गरी पारित गरेको छ ।
सभामा संस्थाले नियमित रूपमा सञ्चालन गर्दै आएको विभिन्न सम्मान कार्यक्रमहरू सम्पन्न गरिएका छन्। जेष्ठ सदस्य सम्मान चन्द्रमाया मानन्धर, बाल बचत सम्मान सानवी शाही, नियमित बचत सम्मान लक्ष्मी खत्री, उद्यमी सदस्य सम्मान सलिना लामा, असल ऋणी सम्मान विवेक ढुंगाना तथा उत्कृष्ट वर्ष कर्मचारी सम्मान सुमित्रा पाण्डेयलाई प्रदान गरिएको थियो ।

सभामा प्रस्तुत विवरण अनुसार संस्थाको शेयर पूँजी १ करोड ५९ लाख ६१ हजार ४ सय रुपैयाँ, निक्षेप ११ करोड ४५ लाख ४३ हजार ४ सय २८ रुपैयाँ ५५ पैसा, ऋण लगानी ९ करोड ५५ लाख ८३ हजार ८ सय २५ रुपैयाँ तथा जगेडा कोष १ करोड १९ लाख २५ हजार ८ सय ७९ रुपैयाँ ५५ पैसा रहेको छ । संस्थामा हाल १ हजार ६ सय ८९ जना सदस्य आबद्ध छन्।
अध्यक्षमा कमला ढुंगाना र लेखा संयोजकमा गीता देवी खतिवडा
साधारण सभाले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्बिरोध रूपमा निर्वाचित गरेको छ।
नव–निर्वाचित सञ्चालक समितिको अध्यक्षमा कमला ढुंगाना (गिरी), उपाध्यक्षमा कमला खनाल (बोगटी), सचिवमा गंगा लामा र कोषाध्यक्षमा खुमा पाण्डे निर्वाचित भएका छन्। सदस्यहरूमा इन्द्रा जमकटेल, सन्जु चौधरी, चन्द्रमा अधिकारी, बबी अधिकारी र यमुना बस्नेत रहेका छन्।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा गीता देवी खतिवडा तथा सदस्यहरूमा पूजा मल्ल ठकुरी र पवित्रा (सिम्खडा) जमकटेल निर्वाचित भएका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार