जेष्ठ/अग्रजसँग विकू आशीर्वाद कार्यक्रम शुभारम्भ
नवलपुर : विकू बचत तथा ऋण सहकारी संस्थाले ‘जेष्ठ/अग्रज सदस्यसँग आशीर्वाद कार्यक्रम’ शुभारम्भ गरेको छ। संस्थाको वार्षिक नीति तथा कार्यक्रम अनुसार तय गरिएको जेष्ठ/अग्रज सदस्यसँग आशीर्वाद कार्यक्रम अन्तर्गत घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम विकू पूर्ण सदस्य वडा नम्बर १ मध्यविन्दु नगरपालिकाबाट विधिवत रुपमा शुभारम्भ गरिएको हो।
शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा, वडा अध्यक्ष तिलकराम न्यौपाने, मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयसोर भुसाल, सञ्चालक समिति, वडाका जनप्रतिनिधिहरु, व्यवस्थापन उप समिति र स्थानिय समाजसेवीहरुको उपस्थिति थियो ।
शुभारम्भ कार्यक्रममा ६० जना जेष्ठ सदस्यहरुले स्वास्थ्य परिक्षण सेवा लिएका थिए। साथै बाँकी मध्यविन्दु नगरपालिका वडा नं १ का सम्पुर्ण जेष्ठ÷अग्रज नागरिकहरुको घरदैलो गरी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिने संस्थाले जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार