सहकारी सचिव शर्माको सरुवा, मदन भुजेललाई जिम्मेवारी
काठमाडौं : नेपाल सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माको सरुवा गरेको छ। उहाँको ठाउँमा मधेश प्रदेशका सचिव मदन भुजेललाई स्थानान्तरण गरिएको छ । शर्मालाई भने रक्षा मन्त्रालयमा सरुवा गरिएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मासहित चार सचिवको सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले संघीय तहका प्रमुख निकायका सचिवहरूको अदली–बदली गर्ने निर्णय गरेको थियो।
यसअघि, कोशी प्रदेशका प्रमुख सचिव रहेका शर्मालाई सरकारले २०८२ बैशाखमा सहकारी मन्त्रालयमा सरुवा गरेको थियो । २०८२ बैशाख ८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई सहकारी मन्त्रालयमा सरुवा गरेको थियो ।
यसैगरी, हिजोको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ भने कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार