दुग्ध उत्पादक सहकारी संघ चितवनले सञ्चालनमा ल्यायो ‘डेरी मार्ट’
काठमाडौं : चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले ‘डेरी मार्ट’ सञ्चालनमा ल्याएको छ । जिल्लाका दुग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि संघ आफैले भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा डेरी मार्ट सञ्चालनमा ल्याएको हो ।
१२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित समग्रीको बिक्री बितरण गर्दै आएको छ । संघका अध्यक्ष किसोर वगालेकाअनुसार मार्टबाट घ्यू, नौनी, पनिर, खुवा, दूध, दहीलगायतका उत्पादन सुपथ मूल्यमा बिक्री गर्दै आएको छ ।
जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसको बजारीकरणका लागि संघले आफ्नै लगानीमा रत्ननगर नगरपालिका–५ मा उद्योग स्थापना गरी दूग्धजन्य वस्तुको उत्पादन शुरु गरेको हो । त्यहाँ उत्पादित सामग्रीलाई बजारीकरणका लागि मार्ट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । जिल्लामा उत्पादित दूध र दूग्धजन्य वस्तुको प्रवद्र्धनका लागि सङ्घले काम अघि बढाएको उहाँको भनाई छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार