सगुन साकोस ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित
काठमाडौं : हरिवन-११, सर्लाही स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानका आधारमा ‘राष्ट्रिय कर दिवस २०८२’को अवसरमा करदाता सेवा कार्यालय लालबन्दीले सगुन साकोसलाई सम्मान गरेको हो।
करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख एवं कर अधिकृत विकास कुमारले सञ्चालक समिति सदस्य सुशीलाकुमारी कटुवाल र सूचना अधिकारी निरोजकुमार दाहाललाई सम्मानपत्र प्रदान गर्दै करदाताको दायित्व निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभएको थियो।
सगुन सहकारी मधेश प्रदशमै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा परिचित छ ।
संस्थाले स्थानीय आर्थिक गतिविधि बढाउन, सदस्यहरूको बचत अभिवृद्धि गर्न, जिम्मेवार लगानी विस्तार गर्न र आर्थिक वर्षसम्म संस्थाले आर्जन गरेको आम्दानी पारदर्शी रूपमा आयकर दाखिला गरेर राज्यको राजस्व वृद्धिमा योगदान पुर्याउँदै आएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार