१७ वैशाख २०८३, बिहिबार

स्वर्गिय खातुनको आश्रित परिवारलाई सहकारीले दियो १० लाख ३५ हजार

२०८२ मंसिर १, सोमबार
स्वर्गिय खातुनको आश्रित परिवारलाई सहकारीले दियो १० लाख ३५ हजार

बारा : जीतपुरसिमरा उपमहानगरपालिका-१८ स्थित साना किसान कृषि सहकारी सहकारी संस्था लिमिटेड मनहर्वाले आफ्ना एक सदस्यको मृत्युपछि आश्रीत परिवारमा १० लाख ३५ हजार शुरक्षा रकम प्रदान गरेको छ।

जिल्लाको कलैया उपमहानगरपालिका वाडा नं. १६ मझौलिया निवासी ममिना खातुनको मृत्यु भएपछि संस्थाले सदस्य शुरक्षा, कर्जा शुरक्षा र संस्था मार्फत सानिमा लाईफईन्सुरेन्समा गरिएको वीमाको रकम  प्रदान गरेको हो । उनको गत असोज १ गतेका दिन ४० बर्षको उमेरमा अचानक मुटु सम्बन्धी समस्याले निधन भएको थियो।

सुक्रबार संस्थाको सेवाकेन्द्र उत्तरझिट्कैंया समितिले मृतक खातुनको घरमा आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा मृतकका पति उजिर आलम मिँयालाई संस्था अध्यक्ष नयनकला खड्काले विमा सहितको उक्त राहत रकम प्रदान गर्नु भएको हो ।

संस्थाले एकपटक ३ हजार रकम सदस्य शुरक्षा बचत अन्तरगर्त जम्मा गराएका सदस्यको मृत्युहुँदा ३५ हजार रुपैयाँ काजक्रियामा सहयोग पुग्ने गरी प्रदान गर्दछ । यस्तै कर्जा लिँदा सदस्यसँग शुन्य दशमलव ५ प्रतिशत रकम कर्जा शुरक्षा स्वारुप लिने र सदस्यको कालगतीले मृत्यु हुँदा ५ लाख सम्मको कर्जा मिनाह गरिदिने गर्दै आएको छ ।

यसैगरी सहकारीले नेपाल कृषि सहकारी केन्द्रीय संघको समन्वयमा सानिमा लाईफ ईन्सुरेन्ससँगको सहकार्यमा आफ्ना सदस्यहरुको ३ देखि १५ लाख रुपैयाँसम्मको म्यादी जीवन विमा गरिदिने गरेको संस्था अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

सोही कार्यक्रमहरुको रकम खातुनको आश्रीत परिवारमा हस्तान्तरण गरिएको हो । संस्थाले सदस्यको हितलाई सर्वोपरि केन्द्रमा राखेर काम गर्दै आएको छ । ग्रामिण क्षेत्रमा ७ प्रतिशत ब्याजमा कर्जा लगानी गर्दै आएको संस्थाले सदस्यहरुलाई पशुपालन र कृषिमा विशेष प्राथमिकतामा राखेर कर्जा दिने र उत्पादित दुग्ध खरिद गर्ने गरेको उहाँले बताउनु भयो ।

सदस्यहरुले पालेका पशुको शुरक्षण गरिदिने, प्राविधिक मार्फत पशुपालन र कृषिमा निःशुल्क सेवा दिने पनि काम गर्दै आएको छ । यस्तै सहकारीले वीउ प्रशोधन उद्योग, कस्टम हायरिङ्गसेन्ट र सुफत मुल्यमा कृषि सामाग्रीको पसल समेत संचालन गरिरहेको अध्यक्ष खड्काले बताउनु भयो ।

जीतपुरसिमरा र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा ३ हजार ७ सय बडी सदस्यका विच ८५ करोडबढी रकमको कारोबार गर्दै आएको उहाँले जानकारी दिनु भयो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष श्यामता कुमारी, संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडा, सेवाकेन्द्र झिट्कैयाका समितिका पधादीकारीहरु सहित स्थानिय सदस्यहरुको सहभागितामा भएको कार्यक्रम सेवाकेन्द्र प्रमुख मुकुन्दराज यादवको सहजजीकरणमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय