नवजागरण साकोस ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित
काठमाडौं : रामेछापको मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट करदाता’का रूपमा सम्मानित भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानका आधारमा ‘राष्ट्रिय कर दिवस २०८२’को अवसरमा करदाता सेवा कार्यालय मन्थलीले संस्थालाई सम्मान गरेको हो।
कार्यालयकी कर अधिकृत सरिता भट्टले संस्थाका अध्यक्ष सोमेश थापालाई सम्मानपत्र प्रदान गर्दै करदाताको दायित्व निर्वाह गर्दै उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभएको थियो।

संस्थाले स्थानीय आर्थिक गतिविधि बढाउन, सदस्यहरूको बचत अभिवृद्धि गर्न, जिम्मेवार लगानी विस्तार गर्न र आर्थिक वर्षसम्म संस्थाले आर्जन गरेको आम्दानी पारदर्शी रूपमा आयकर दाखिला गरेर राज्यको राजस्व वृद्धिमा योगदान पुर्याउँदै आएको छ।
संस्थाले कर–अनुशासन, वित्तीय पारदर्शिता र सुशासनलाई प्राथमिकता दिँदै आएको संस्थाका व्यवस्थापक रमेश कुमार उदाशले जानकारी दिनुभयो । यस उपलब्धिले सहकारीको पारदर्शिता, जिम्मेवारी र राम्रो व्यवस्थापनलाई अझ उजागर गरेको व्यवस्थापक उदाशको बताउनुभयो । सम्मानले स्थानीय तहमा सहकारी क्षेत्रप्रति विश्वास र विश्वसनीयता अभिवृद्धि गर्न सहयोग समेत पुगेको छ।
संस्था यस अघि पनि सम्मानित भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार