विशाल सहकारीको २६औं साधारण सभा सम्पन्न
पोखरा : विशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारण सभा सदस्यहरुको सभ्य र भव्य सहभागितामा पूर्वनिर्धारित एजेण्डाहरुउपर छलफल गरी शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा बसेको २६औं वार्षिक साधारण सभा कोषाध्यक्ष इन्द्रराज अर्यालले सञ्चालन गर्नुभएको थियो। सभामा उपस्थित सदस्यहरुलाई सञ्चालक रमादेवी ढकालले स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो भने सहकारीका सिद्धान्त वाचन संचालक एवम् महिला उपसमिति संयोजक ईउल कुमारी पुन पाईजाले गर्नुभएको थियो।
नेपाल सरकार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम संचालन गरिएको वार्षिक साधारण सभामा संस्थाका सदस्य एवम् वरिष्ठ सल्लाहकार गोविन्द प्रसाद ढकाल र कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकालले सहकारी सम्बन्धी जारी मापदण्डको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
साधारण सभामा संस्थामा २० वर्ष भन्दा बढी अवधिबाट सेवामा कार्यरत कर्मचारीहरुलाई ‘दीर्घ सेवा पदक’बाट सम्मान गरिएको थियो । त्यस्तै सदस्य सम्मान तथा राहत वितरण कार्यविधि बमोजिम विविध विधामा सदस्यहरुलाई सम्मान गर्नुका साथै ७५ वर्ष पूरा गर्नुभएका जेष्ठ सदस्यहरुलाई पेन्सन वापतको रकम प्रदान गरिएको थियो ।
हाल देशमा देखिएमा सहकारी व्यवसाय प्रतिको नकारात्मक सन्देश प्रवाहका बावजुद संस्थाले आव २०८१/०८२ मा कुल सम्पत्ति करिब ५ प्रतिशतले वृद्धि गरी करिब १ अर्बको वासालत पुर्याउन संस्था सफल भएकोमा निवर्तमान अध्यक्ष भुवन नेम्कुलले आभार एवं कुतज्ञता व्यक्त गर्नुभएको थियो।
२६ औं सभामा लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रामकृष्ण दुवाडीले प्रतिवेदन पेश गर्दै मुख्यतः आजको दिनमा अधिक तरलता व्यवस्थापन र ऋण असुली प्रक्रिया प्रभावकारी बनाउनुपर्ने र संस्थागत पूँजी वृद्धि गरी सदस्यहरुलाई न्यून व्याजदरमा ऋण लगानी गर्नुपर्ने बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृतले पेश गर्नुभएको वार्षिक नीति कार्यक्रम तथा बजेट साधारण सभाले परित गरेको छ ।
साधारण सभाले इन्द्रराज अर्यालले पेश गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन, संचालक एवम् ऋण उप समिति संयोजक बुद्धि बहादुर कुँवरले पेश गर्नुभएको ऋण उपसमितिको प्रतिवेदन, संचालक एवम् शिक्षा उपसमिति संयोजक देवेन्द्रराज पराजुलीले पेश गर्नुभएको शिक्षा उपसमितिको प्रतिवेदनहरु पारित गरेको छ ।
सहकारीका मूल्य मान्यता एवम् सिद्धान्त बमोजिम नियामक निकायको निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै चालु आ.व. मा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको कार्यक्रमहरु, वार्षिक कार्ययोजनाका कार्यक्रमहरु र छाता संगठनहरुसँग सहकार्य गर्दै विविध तालिम, अन्तरक्रिया र असल अभ्यासमा संचालन भएका संस्थाहरुको अवलोकन गर्ने विषयहरुलाई प्रमुख प्राथमिकतामा राखी संस्थालाई दिगो एवम् सदस्य केन्द्रित विधिबाट संचालन गर्ने प्रतिवद्धता वार्षिक साधारण सभाले गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार