आभाष साकोसको १६औं वार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलाञ्चोक : बनेपा स्थित आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष ग्रुबेन तौजलेको सभापतित्व एवं संस्थाका प्रमुख सल्लाहकार एवं संस्थापक अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला/नगर उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले अध्यक्ष ग्रुबेन तौजले, सचिव धर्मभक्त प्रधान, कोषाध्यक्ष सुर्यकुमार रञ्जित, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विकास बैद्यले पेश गरेको प्रतिवेदन लगायत पूर्वनिर्धारित एजेण्डाहरु पारित गरेको छ ।
सभामा अध्यक्ष तौजलेले बचत तथा ऋणको कारोबारसंगै सहकारीले सामाजिक क्षेत्रमा पनि उत्तिकै काम गरेको बताए।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्यका अनुसार आर्थिक वर्ष २०८१/२०८२ मा संस्थाले ६७ लाख ८ हजार ४ सय ३९ रुपैयाँ खुद नाफा आर्जन गरेको बताउनुभयो । ९३ करोड ९ लाख ४८ हजार ६ सय ३१ रुपैयाँ कारोबार गरेको संस्थाले ८ लाख ४७ हजार ३ सय ४० रुपैयाँ आयकर तिरेको छ ।
संस्थाको शेयर पुँजी ३ करोड ७६ लाख, लगानी ६६ करोड ५७ लाख २ हजार १ सय ९२ ऋण लगानी गरेको छ । संस्थाले जोखिम ब्यहोर्ने कोषमा २१ लाख ८८ हजार ५६ रुपैयाँ छुट्याएको छ।
साधारण सभामा आर्थिक वर्ष २०८१/२०८२ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु सुकदेव लाखे श्रेष्ठ, शारदा श्रेष्ठ, बाल बचतकर्ता प्रणव कायस्थ, ऋण उत्कृष्ट कारोबार गर्ने स्नेहा रानामगर खड्कालाई सम्मान गरिएको थियो । त्यस्तै शेयर सदस्यका छोराछोरीहरुका तर्फबाट एस. ई. ई परिक्षामा ३ दशमलव ८५ सिजिपिए ल्याउने रोनिशा सञ्जेल र ३ दशमलव ८२ सिजिपिए ल्याउने इशान मानन्धर सम्मानित गरिएको थियो ।

त्यस्तै संस्थाको प्रशासन विभागका अधिकृत श्रीकृष्ण सुवाल उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो।
सभामा प्रमुख अतिथी बैद्यले पछिल्लो समय भएको जेन्जी आन्दोलनका कारण उद्योग, व्यवसाय लगायतका सम्पूर्ण क्षेत्र प्रभावित भएको भन्दै त्यसको असर वित्तीय क्षेत्रमा परेको बताउनुभयो ।
नेपाल पत्रकार महसंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले संकटका समयमा पनि सदस्यहरुलाई आभाष सहकारीले सेवा दिएको भन्दै नीति नियममा रहँदा सहकारी क्षेत्रमा कुनै समस्या नभएको बताउनुभयो।
सामाजिक काममा पनि उत्तिकै सकृय आभाषले २०७४ सालबाट ‘छोरी अभियान’ सञ्चालन गरेर प्रत्येक नयाँ बर्ष र संस्थाको बार्षिक उत्सवका दिन शिर मेमोरियल अस्पतालमा जन्मेका पहिलो छोरीलाई १० हजार प्रदान गर्दै आएको छ । त्यस्तै मुटु सम्बन्धी स्वास्थ्य शिविर, रक्तदान, छात्रवृति वितरण, जेष्ठ नागरिक सम्मान लगायतका सामाजिक काम गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार