विकू बचतको पहिलो त्रैमासिक समीक्षा सम्पन्न, कावासोती सेवा केन्द्र उत्कृष्ट
गैंडाकोट (नवलपुर) : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा बैठक सम्पन्न गरेको छ ।
पहिलो त्रैमासिकमा भएका कार्यहरूको मूल्याङ्कन गर्दै आगामी योजना तथा लक्ष्यलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकमा उपाध्यक्ष कालिदास गौडेल र सचिव गोविन्द कंडेलले शुभकामना मन्तव्य व्यक्त भएको थियो । बैठकमा प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले संस्थाको हालको अवस्था, रणनीति, योजना तथा समसामयिक विषयमा सहजीकरण गर्नुभएको थियो ।
बैठकमा विभागीय, क्षेत्रीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्ना विभाग र क्षेत्रका उपलब्धी, चुनौती, सम्भावना तथा आगामी योजनाबारे विस्तृत प्रस्तुति दिनुभएको थियो । सहभागीले संस्थालाई अझ वित्तीय रूपमा सबल बनाउन आफ्ना सुझाव र धारणा समेत प्रस्तुत गरेका थिए ।
संस्थाले पहिलो त्रैमासिकमा समग्र रूपमा करिब २७ प्रतिशत लक्ष्य उपलब्धी हासिल गरेको जनाएको छ । सोही क्रममा चालु आर्थिक वर्षको वित्तीय लक्ष्य अन्तर्गत उत्कृष्ट प्रदर्शनका आधारमा कावासोती सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र घोषित गरिएको छ । त्यस्तै, 6S Assessment मा अरुणखोला सेवा केन्द्र उत्कृष्ट बन्न सफल भएको छ ।

उत्कृष्टता हासिल गर्ने दुबै सेवा केन्द्रका कर्मचारी, व्यवस्थापन उप–समिति, पदाधिकारी तथा सेवा ग्रहण गर्ने सम्पूर्ण सदस्यप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार