पानस साकोसको १७औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा बिजेन्द्र पोटे
बनेपा : पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
साधारण सभाको औपचारिक उद्घाटन २०८२ साल असोज २६ गते संस्थाका जेष्ठ नागरिक सदस्यद्वय भुवन सेवाचार्य र हरिसुन्दर वैद्यबाट पानसमा दीप प्रज्ज्वलन गरी गरिएको थियो।
उक्त अवसरमा संस्थाका अध्यक्ष, पदाधिकारी, विभिन्न समिति तथा उप-समितिका संयोजक, सदस्य तथा कर्मचारीहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।
साधारण सभाको अवसरमा जेष्ठ नागरिक सदस्य भुवन सेवाचार्य र हरिसुन्दर वैद्यलाई संस्थाले सम्मानपत्र र उपहार प्रदान गरी सम्मान गरेको थियो। त्यसैगरी संस्थाले उत्कृष्ट बचतकर्ता महिला र पुरुष, असल ऋणी, साथै उत्कृष्ट १५ जना बाल बचतकर्ताहरुलाई समेत सम्मान तथा पुरस्कार वितरण गरेको थियो।
साधारण सभाबाट आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन भएको छ। नव निर्वाचित समितिको अध्यक्षमा बिजेन्द्र पोटे, उपाध्यक्षमा पुष्कर रंजितकार, सचिवमा सुमन वैद्य, कोषाध्यक्षमा श्याम सेवाचार्य र सदस्यहरूमा राजु पहि श्रेष्ठ, राम पोटे र हरिगोपाल वैद्य चयन भएका छन्।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा रामेश्वर महाजु, सदस्यमा अमृत सेवाचार्य र गीता पोटे निर्विरोध निर्वाचित भएका छन्।
साधारण सभामा संस्थाको गत वर्षको प्रगति, वित्तीय विवरण, आगामी वर्षका योजना तथा कार्यक्रम प्रस्तुत गरी पारित गरिएको थियो।
नव निर्वाचित दुबै समितिका सदस्यहरुको एक कार्यक्रमको बीच पद तथा गोपनियताको सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार