१७ वैशाख २०८३, बिहिबार

चिसापानी गढी साकोसको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

२०८२ कात्तिक ९, आईतवार
चिसापानी गढी साकोसको छैठौँ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप : मन्थली नगरपालिका-८, चिसापानीमा अवस्थित चिसापानी गढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता र मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा वडा नं. ८ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपाल श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष राज कुमार श्रेष्ठ, वडा सदस्यहरू तथा विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थिति थियो।

२०७६ सालमा स्थापित उक्त संस्थामा हाल ५१५ जना शेयर सदस्य छन्। सभामा अध्यक्ष श्रेष्ठले आ.व. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र आगामी आ.व. २०८२/०८३ का लागि कार्ययोजना प्रस्तुत गर्दै नयाँ आवमा शेयर सदस्य संख्या ६३३ पुर्‍याउने लक्ष्य राखिएको जानकारी गराउनुभयो।

हाल संस्थाको शेयर पुँजी ६५ लाख ८६ हजार ६ सय रुपैयाँ रहेको छ भने यस आवमा ६७ लाख ४ हजार ६ सय रुपैयाँ पुर्‍याउने योजना बनाइएको छ।

त्यसैगरी कोषाध्यक्ष समिल कर्माचार्यले आर्थिक प्रतिवेदन तथा आगामी वजेट प्रस्तुत गर्नुभएको थियो।। उहाँका अनुसार सहकारीले हालसम्म ३ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

साधारण सभाको अवसरमा ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, असल ऋणकर्ता, साथै एस.इ.इ. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्रालाई सम्मान गरिएको थियो।

अभिलेख

लोकप्रिय