ज्योति मिर्मिरे सामूहिक साकोस २६औं साधारण सभा सम्पन्न, ७०.६४ प्रतिशत सदस्यको उपस्थिति
काभ्रे : पनौती स्थित ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाईगत साधारण सभा गर्दै शनिवार (कार्तिक १ गते) सम्पन्न भएको छ।
‘दिगो र उत्कृष्ट वित्तीय सहकारी’ को परिकल्पना गरी समुदायमा आधारित भएर सञ्चालित ज्योति मिर्मिरे सामूहिक साकोसमा ०८२ आषाढ मसान्तसम्म आइपुग्दा २० हजार ७ सय ८२ शेयर सदस्य तथा २ हजार ६० जना बाल बचतकर्ता आवद्ध छन् ।
संस्थाले १ अर्ब ४२ करोड पुँजी संकलन गरी काभ्रेपलाञ्चोक जिल्ला भर वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाका कोषाध्यक्ष पूर्णराम तुलाधरले जानकारी दिनुभयो ।
संस्थाका सचिव बुद्धसिंह थापाले सचिवको प्रतिवेदनमार्फत संस्थाको हालसम्मको प्रगति प्रतिवेदन र आगामी कार्यक्रम, लेखा संयोजक भिमसेन केसीले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उप समिति संयोजक केशव बञ्जाराले ऋण लगानी तथा असुली प्रतिवेदनमार्फत संस्थाको गतिविधिका बारेका जानकारी गराउनु भएको थियो ।
सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यावसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको व्यहोरा विभिन्न प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

२०८२ असोज २५ गते कुशादेवी एकाई र बेथानचोक एकाई साधारण सभाबाट उद्घाटन भएको संस्थाको २६ औ वार्षिक साधारण सभा असोज २६ रोशी, बल्थली र बनेपा एकाईमा र असोज २८ गते मुख्य कार्यालयमा संस्थाका अध्यक्ष उद्धव सापाकोटाले उद्घाटन गर्नुभएको थियो । साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन पालना गर्दै सम्पन्न गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको शेयर पुँजी १२ करोड ७४ लाख ५६ हजार ७ सय, बचत (निक्षेप) १ अर्ब ११ करोड २२ लाख ६० हजार ७ सय ९१ रुपैयाँ, ऋण लगानी १ अर्ब ५ करोड ७४ लाख १६ हजार १ सय ४३ रुपैयाँ, जगेडा कोष ८ करोड ८३ लाख ७९ हजार ६ सय ५ रुपैयाँ कायम भएको बताउनुभयो । त्यस्तै यस वर्ष मात्र शेयर सदस्य वृद्धि २ हजार ४ सय ५६ जना रहेको दाहालले बताउनुभयो ।
संस्थाले सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, उपचार राहत, गर्भवती पोषण, सहयोग जेष्ठ सदस्य भत्ता, अपाङ्ग सदस्य भत्ता, ऋणी सदस्य मृत्यु राहत लगायतका सदस्य राहत वापत यस वर्ष मात्रै ४० लाख ५२ हजार रुपैयाँको प्रदान गरिएको सीईओ दाहालले बताउनुभयो ।
कार्यक्रममा संस्थामा आवद्ध भएका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचतकर्तासहित १९ जनालाई सम्मान समेत गरिएको थियो । उक्त साधारण सभामा संस्थाका ७०.६४ प्रतिशत सदस्यको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार