जनकपुरधाममा सहकारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आधारभूत तालिम सुरु
जनकपुरधाम : प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, मधेश प्रदेशले सहकारी संघ/संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको व्यवस्थापकीय क्षमता र सिप अभिवृद्धि गर्ने उद्देश्यले पाँचदिने “सहकारी सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आधारभूत तालिम” सुरु गरेको छ।
तालिम जनकपुरधामस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रको हलमा असोज २६ गते उद्घाटन गरिएको हो। तालिममा मधेश प्रदेशका विभिन्न सहकारी संघ/संस्थाका ४० जना सञ्चालक तथा कर्मचारी सहभागी छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. उमेश दहालले सहकारी क्षेत्रले ग्रामीण अर्थतन्त्र रूपान्तरण, आर्थिक समृद्धि तथा महिला सशक्तिकरणमा पु¥याएको योगदानको चर्चा गर्नुभयो।
प्रदेश सहकारी रजिष्ट्रार रुपेश कुमार साहले सहकारी क्षेत्रको समग्र विकासका लागि संघ/संस्थाको आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
तालिममा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, नयाँ बानेश्वरका प्राचार्य विष्णु पौडेल, प्रशिक्षक शिशिर रिजाल तथा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रशिक्षकहरूले सहकारीका विविध विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
असोज ३० गतेसम्म सञ्चालन हुने तालिमबाट सहभागीहरूले सहकारी सञ्चालन तथा व्यवस्थापनका आधारभूत पक्षका साथै नेतृत्व सिपमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार