सहकारी विभागद्वारा एकीकृत निर्देशनको बुँदा नं ५६ मा संशोधन
काठमाडौं : सहकारी विभागले एकीकृत निर्देशन २०८२ मा संशोधन गरेको छ । विभागले २०८२ असार ३२ गते सहकारी संघ/संस्थाहरुमा सुशासन प्रवर्द्धनका लागि जारी
गरेको एकीकृत निर्देशनको बुँदा नं ५६ संशोधन गरेको छ ।
उक्त बुँदा संशोधन गरी ‘सहकारी संघ/संस्थाहरुको बाह्य ऋण कुल सम्पत्तिको ५ प्रतिशत भित्र कायम राख्नु पर्नेछ । तर, नेपाल सरकारको स्वीकृतिमा बाह्य मुलुकबाट ऋण लिने संघ/संस्था वा विशिष्टकृत सहकारी संघ वा दुई वा दुई भन्दा बढी संघसंस्थाले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आफ्नो उत्पादन र सेवाको बजारीकरण गर्दा वा नेपाल सरकारबाट उत्पादनमूलक सहकारी क्षेत्र मार्फत लगानी प्रबर्द्धनको लागि विशेष व्यवस्था गरिएको अवस्थामा ५ प्रतिशत सीमा सम्बन्धी व्यवस्था लागू हुने छैन ।’ कायम गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार