नवजागरण साकोस मन्थलीको विस्तारित बैठक सम्पन्न, कार्तिक ९ देखि २७औं साधारण सभा
मन्थली (रामेछाप) : नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थलीले २७औं वार्षिक साधारण सभाको तयारी अन्तर्गत शनिबार संस्थाको सभाहलमा विस्तारित बैठक सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पूर्वअध्यक्ष तथा सल्लाहकार श्याम थापा, सल्लाहकार जगन्नाथ दाहाल र नवराज पथिक लगायत सञ्चालक समिति, लेखा समिति, उपसमिति, शेयर सदस्य र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो।
बैठकमा संस्थाका व्यवस्थापक रमेशकुमार उदाशले संस्थाको विगतका गतिविधिहरू प्रस्तुत गर्नुका साथै सचिव नारायणबहादुर कार्कीले आगामी कार्यक्रम र २७औं साधारण सभाको कार्यसूची प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी कोषाध्यक्ष भिमसेन थापाले आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको बजेट प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तुतीहरूमा सहभागीहरूबाट आ–आफ्ना सुझाव र सल्लाहहरू राखिएका थिए। सल्लाहकारहरुबाट सान्दर्भिक सुझाव प्रदान गर्दै २७औं वार्षिक साधारण सभा सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो।
बैठकमा अध्यक्ष सोमेश थापाले उठेका प्रश्न र सुझावहरूलाई ग्रहण गर्दै नियामक निकायको निर्देशनको पूर्ण पालना गर्दै संस्था पारदर्शी र उत्तरदायी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन सचिव नारायणबहादुर कार्कीले गर्नुभएको थियो। आगामी २७औं वार्षिक साधारण सभा २०८२ कार्तिक ९ देखि शुरु भई मन्थलीको तिनलाल पार्कमा कार्तिक १८ गते अन्तिम साधारण सभा सञ्चालन हुने तय गरिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार