नेचुरलको टोली ज्योति मिर्मिरे सामुहिक साकोसमा, अवलोकन र अनुभव आदान-प्रदान
काठमाडौं : बौद्ध टुसालमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले काभ्रेको पनौती स्थित ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन तथा अनुभव आदान–प्रदान भ्रमण सम्पन्न गरेको छ।
संस्थाकी अध्यक्ष शर्मिला शिल्पकारको नेतृत्वमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उच्च व्यवस्थापनका कर्मचारीसहित ज्योति मिर्मिरे सामुहिक साकोस पुगी अवलोकन तथा अनुभव आदान-प्रदान गरेको हो ।
दुई सहकारी संस्थाबीचका उत्कृष्ट अभ्यास, प्रभावकारी व्यवस्थापन प्रणाली र सदस्य केन्द्रित सेवाहरूको साझा अनुभव आदान–प्रदान गर्दै सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउनु भ्रमण कार्यक्रमको उद्देश्य रहेको नेचुरल सहकारीका सचिव विकल्प पाठकले जानकारी दिनुभयो ।

दुबै संस्थाका प्रतिनिधिहरुबीच सहकारीप्रति आम सर्वसाधारण र सरोकारवालाहरूको दृष्टिकोण तीव्र गतिमा परिवर्तन भईरहेको सन्दर्भमा दिगो, मर्यादित र सुशासनयुक्त सहकारी निर्माणका लागि आवश्यक विषयवस्तुमा केन्द्रित छलफल भएको थियो ।
भ्रमणका क्रममा ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले सदस्य र समुदायको उत्थानका लागि खेलेको महत्वपूर्ण भूमिकाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो । दाहाले सहकारीको सकारात्मक सन्देश आमसर्वसाधारणसम्म पुर्याउन असल अभ्यासहरू आत्मसात गर्नुपर्ने र सहकारीले सदस्यलाई केन्द्रमा राखी ग्रामीण क्षेत्रमा नियमित बचत र साना लगानीलाई प्रवर्द्धन गर्दै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रमले सहकारी संस्थाबीच आपसी विश्वास, सहकार्य र साझा जिम्मेवारीलाई बलियो बनाउँदै आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी सहकारी व्यवस्थापनतर्फ अघि बढ्ने सन्देश दिएको सचिव पाठकले बताउनुभयो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार