८ वैशाख २०८३, मङ्गलबार

गृहिणी सेवा सहकारीको १६औं साधारण सभा सम्पन्न

२०८२ असोज २२, बुधबार
गृहिणी सेवा सहकारीको १६औं साधारण सभा सम्पन्न

काठमाडौं : पुरानो नैकाप, भृकुटीनगर स्थित गृहिणी सेवा बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा भाद्र ६ गते सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिव कृपा के.सी.ले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । साथै कोषाध्यक्ष सरस्वती घिमिरेले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को अनुमानित आय व्यय पेश गर्नुभएको थियो । त्यस्तै लेखा सुपरीवेक्षण समितिका संयोजक शान्ति पराजुली खनालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कोषाध्यक्ष सरस्वती घिमिरेले आर्थिक वर्ष २०८१/८२ मा संस्थाको सेयर पुँजी ९७ लाख ८६ हजार ४ सय रुपैयाँ कायम भएको बताउनुभयो । त्यस्तै यस अवधिमा बचत ५ करोड ८२ लाख ६४ हजार ३ सय ३२ रुपैयाँ, लगानी ४ करोड ७९ लाख ६ हजार ४ सय ३३ रुपैयाँ रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा सेयर पुँजी १ करोड, बचत ६ करोड ६९ लाख र लगानी ७ करोड ५६ लाख पुर्याउने लक्ष्य संस्थाले लिएको छ । उक्त प्रतिवेदनहरु उप छलफल गरी साधारण सभाले पारित गरेको थियो ।

साधारण सभामा संस्थाकी अध्यक्ष शोभा भट्ट गौतमले आफ्ना आवश्यकता र चाहना सामुहिक सहकार्यको माध्यमबाट समाधान गनुपर्छ भन्नेतर्फ सहकारी सदस्यहरुको ध्यान जानु आवश्यक रहेको बताउनुभयो ।

‘आर्थिक तथा सामुदायिक विकास सहकारीको माध्यमबाट मात्र सम्भव छ’ भन्ने सोचाईलाई सार्थक बनाउन केही समाजिक अगुवा तथा बुद्धीजीवी यक्तीत्वहरुसँगको छलफलबाट सामाजिक परिवर्तनको लागि गृहिणी सेवा सहकारी सुरु भएको बताउनुभयो । ६१ जना सदस्यहरुको तीन लाख मात्र सेयर पुँजीबाट शुरु भएको संस्था १६औं वसन्तमा आईपुग्दा करिब ८०० जना सदस्यहरुको सन्तानब्बे लाख छयासी हजार चार सय मात्र) शेयर पुँजी बनाउन सफल भएको उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय