प्राकृतिक विपतमा सहयोगका लागि जुट्न सहकारीहरुलाई महासंघको आव्हान
काठमाडौं : राष्ट्रिय सहकारी महासंघले मुलुकभरका सहकारी संघ संस्थालाई प्राकृतिक विपत्को समयमा उद्धार र राहतकार्यमा जुट्न आव्हान गरेको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो, कटान र डुबानले मुलुकका विभिन्न भागमा व्यापक जनधनको क्षति पुर्याएकाले आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्न अपील गरेको छ ।
नेपाल सरकारले प्रभावित क्षेत्रका नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिरहेका प्रयास र पूर्वतयारीको सर्हना गर्दै, महासंघ यस कार्यमा सबै सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
यस कठिन घडीमा, महासंघ सम्पूर्ण सहकारीकर्मी, विषयगत केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंक र देशभरका प्रारम्भिक सहकारी संस्थाहरूलाई आफ्नो आ-आफ्नो स्थानबाट उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न अपील गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले एक विज्ञप्ति जारी गर्दै स्थानीय सरकार, सुरक्षाकर्मी, समुदाय तथा संघ/संस्थासँग सघन समन्वय गरी प्रभावित क्षेत्रका नागरिकहरू तथा सदस्यहरुलाई तत्काल सहयोग पुर्याउन सहकारी अभियानको मानवीय र सामाजिक उत्तरदायित्व रहेको बताएका छन् ।
सबै सहकारी संघ/संस्थाहरूलाई यस विपतका कारण प्रभावित भएका नागरिकहरूको सहयोगार्थ सहकारी अभियानमार्फत लागिपर्न अनुरोध गरिएको छ । साथै, यो विपतको कारण स्वयं सहकारी संघ/संस्थाहरू पनि प्रभावित हुने सम्भावना रहेको हुँदा, सम्बन्धित विषयगत केन्द्रीय सहकारी संघहरूलाई प्रभावित सदस्य सहकारी संघ/संस्थाहरूको तथ्याङ्क संकलन गरी महासंघसँग निरन्तर समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संकटको यस घडीमा, हामी सबैको एकता, सहकार्य र मानवीय भावना नै राहत र पुनःस्थापनाको वास्तविक आधार हो । सहकारी आन्दोलन सदैव समुदायको साथमा रहँदै आएको छ र आगामी दिनहरूमा पनि रहिरहने प्रतिबद्धता व्यक्त गर्दछौं । यस विपतबाट ज्यान गुमाउनुभएका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, वेपत्ता भएकाहरूको सकुसल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार