बुडोल सामुदायिक साकोसद्वारा २४० जेष्ठ नागरिकलाई सम्मान
बनेपा : बुडोल सामुदायिक बचत तया ऋण सहकारी संस्थाले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । संस्थामा आबद्ध ७५ वर्ष उमेर पुरा भएका २४० जना जेष्ठ नागरिक सदस्यहरुलाई एक कार्यक्रमको बीच आज (शनिबार) सम्मान गरेको हो ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्थाको मुख्य कार्यालय र सेवा केन्द्रहरु मार्फत ब्लाङ्केट, रामनामी सल, सातु र नगद ३ सय रुर्पयाँ उपहारसहित सम्मान गरिएको संस्थाको ब्यवसाय प्रवर्द्धन विभागका प्रमुख उमेश आचार्यले जानकारी दिनुभयो ।

कार्यालयसम्म आउन नसक्ने अशक्त सदस्यहरुलाई संस्थाका प्रतिनिधिहरू घर घरमै पुगेर सम्मान गरिएको प्रमुख आचार्यले बताउनुभयो । संस्थाले विगत २२ वर्षदेखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा हरेक वर्ष जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान कार्यक्रम आयोजना गरी सम्मान गर्दै आएको छ।
हरेक वर्षको अक्टोबर १ मा विश्वभर अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईन्छ । यस वर्ष अक्टोबर १ मा दशैं परेका कारण संस्थाले आजनै कार्यक्रम गरी सम्मान गरेको हो ।
बुडोल सामुदायिक साकोसले बचत तथा ऋण कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणसहित नियमित रुपमा समाजसेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार