बुडोल सामुदायिक साकोसद्वारा प्रहरी कार्यालय बनेपालाई सहयोग
बनेपा : बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले इलाका प्रहरी कार्यालय, बनेपालाई कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्दै जेन जी आन्दोलनका क्रममा भएको आगजनीबाट प्रभावित इलाका प्रहरी कार्यालय बनेपालाई १ सेट कम्प्युटर र १ वटा प्रिन्टर सहयोग गरेको हो । उक्त सहयोग रु ९४ हजार बराबर रहेको संस्थाले जनाएको छ।
संस्थाका अध्यक्ष कैलाश के.सी.को नेतृत्वमा सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थितिमा इलाका प्रहरी कार्यालयका प्रतिनिधिलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
जनताको जीउधनको सुरक्षा प्रदान गर्ने निकायलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले संस्थाले सहयोग उपलब्ध गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले जानकारी दिनुभयो ।
बुडोल सामुदायिक साकोसले बचत तथा ऋण कारोबारसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक कार्यमा समेत सक्रियता देखाउँदै आएको छ। संस्थाले नियमित रुपमा समाजसेवामूलक गतिविधि सञ्चालन गर्ने, विपत् व्यवस्थापनमा सहयोग गर्ने र स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउँदै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार