जिल्ला सहकारी संघ काभ्रेको ५८औं स्थापना दिवस तथा ४४औं साधारण सभा सम्पन्न
काठमाडौं : जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ ।
संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको आधारमा रही सभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष अमन पोटे श्रेष्ठले संघले जिल्लाभरका सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको सहजिकरणका लागि काम गर्दै आएको बताउनुभयो । उहाँ प्रारम्भिक सहकारी र संघबीचको दुरीलाई कम गरि आपसमा मर्यादित र व्यवस्थित सहकारी विकासको परिकल्पनासहित अभियानलाई मूर्तरुप दिन संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरेको समेत सो अवसरमा जानकारी दिनुभयो । संघले गत आर्थिक वर्षमा कूल १ अर्ब ४१ करोड ६९ लाख कारोबार गरेको छ । जसबाट १ करोड १४ लाख ६७ हजार नाफा गरेको छ ।
यस्तै चालु आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य संघले राखेको छ ।
संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाका सचिव प्रकाश बञ्जाराले जानकारी दिए ।
सभामा यस वर्ष काभ्रे टाइम्समा आबद्ध पत्रकार रमेश न्यौपानेलाई पुरस्कृत गरेको हो । उनलाई विगत २७ वर्षदेखि पत्रकारितामार्फत सूचना प्रवाह गर्दै योगदान दिएको भन्दै संस्थाले नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।
सभामा पुर्व अध्यक्षहरु विनोद पराजुली, शुभप्रसाद अधिकारी, मुकुन्दप्रसाद दाहाल, सोमप्रसाद हुमागाई, निर्वाचन समितिका संयोजक इन्द्रप्रसाद अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष उदयराम कायश्थ, लेखा समिति संयोजक डिल्लीप्रसाद आचार्य, कोअपरेटिभ म्यानेर्जस क्लब काभ्रेका अध्यक्ष गोपाल दाहाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार