नियामकीय निर्देशनको पालना गर्दै अजम्बरी साकोसको १७औं साधारण सभा सम्पन्न
काठमाडौं : बौद्धस्थित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा नियामकीय निर्देशनहरुको पालना गर्दै शुक्रबार सम्पन्न भएको छ ।
सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । सभाले अध्यक्षमा पुन: नुर्बु लामालाई चयन गरेको हो । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुन: मिङमा शेर्पा चयन भएका छन् ।
साकोसका अध्यक्ष नोर्बु लामाको सभापतित्वमा आयोजित साधारणसभामा सञ्चालक समितिको तर्फबाट सचिव ग्याल्जेन शेर्पाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित कार्यक्रम तथा बजेट ससदस्यहरुबाट सर्वसम्मत स्वीकृत गरिएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै सचिव शेर्पाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखी सुरक्षित ऋण लगानीमार्फत सदस्यहरुको सामाजिक आर्थिक समृद्धिका लागि काम गर्ने विश्वास दिलाए ।
यस्तै, सभाले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै संस्थाको आन्तरिक कार्यविधि संशोधन, गैर वित्तीय सम्पत्ति बिक्री लगायतका प्रस्तावहरु पारित गरेको थियो । साधारणसभामा प्रस्तुत विभिन्न प्रस्ताव उपर सदस्यहरुले राखेको जिज्ञासा प्रमुख कार्यकारी अधिकृत (सीईओ) गान्वा सुनुवारले सम्बोधन गरेका थिए ।
आव २०८१र८२० मा १ करोड ९० लाख बढी शेयर पुँजी रहेको अजम्बरी साकोसको बचत निक्षेप साढे ३४ करोड बढी छ भने २३ करोड ११ लाख बढी ऋण लगानी रहेको सदस्यहरुलाई उपलब्ध गराइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वित्तीय लगानी १ करोड २३ लाख बढी रहेको छ ।
निस्क्रिय सदस्यहरु हटाई साकोसमा हाल १५७२ सेयर सदस्य (८९९ महिला, ६७१ पुरुष र २ संस्थागत) कायम छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ४० लाख ५२ हजार बढी कुल सम्पत्ति रहेको साकोसले २०८३ को असार मसान्तमा यो सम्पति वृद्धि गरी ४३ करोड ५७ लाख बढी पुर्याउने लक्ष्य लिएको छ ।
अजम्बरी साकोसले सदस्य सुरक्षा तथा राहतकोष नीति २०७९ अधिनस्थ सदस्य सुरक्षा कार्यक्रममार्फत सदस्य र सदस्यको एकाघर परिवारको सदस्यहरुको उपचार खर्च लगायत औषधी खरिदमा चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालसँगको सम्झौता बमोजिम १० देखि २५ प्रतिशत छुट तथा सहुलियत उपलब्ध गराउँदै आएको छ भने प्रविधिमैत्री सेवालाई पनि प्राथमिकतामा राखेर काम गरेको सचिव शेर्पाले साधारण सभालाई जानकारी गराए। मुख्य कार्यालयसँगै एउटा सेवा केन्द्र रहेको अजम्बरी साकोसमा हाल १२ जना कर्मचारी कार्यरत छन् ।
नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति चयन
संस्थाको १७औं वार्षिक साधारण सभाले नुर्बु लामाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा मिङमा शेर्पाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा दावा थाक्चे शेर्पा, सचिव ग्याल्जेन शेर्पा, कोषाध्यक्ष आङपासाङ शेर्पा तथा सदस्यहरुमा भक्त सुन्दर साहु, नुर्वु शेर्पा र विजय कुमार पण्डित सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति सदस्यहरुमा बुद्ध बहादुर लामा र मिठु माया तामाङ निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको शपथ ग्रहण समेत शुक्रबार नै सम्पन्न भएको छ । सदस्यहरुको सहभागिताबीच निर्वाचन उपसमिति (संयोजक अधिवक्ता विष्णु कुमारी राई तथा सदस्यद्वय ङिमा नुर्वु शेर्पा र अधिवक्ता अनिता लामा) को तर्फबाट नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो ।
यसैगरी, साकोसमा ३ जना सल्लाहकार, १ कानुनी सल्लाहकार, २ जना ऋण उपसमिति सदस्य तथा २ जना शिक्षा उपसमिति सदस्य रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार