सहकारी सफ्टवेयर ‘प्रिमियम सीबीएस’ ११औं वर्षमा, समय सापेक्ष परिस्कृत सेवा दिन तत्पर
काठमाडौं : सहकारीको सेवा प्रविधि मैत्री बनाउने उद्देश्यका साथ स्थापित अत्याधुनिक वेब बेस्ड प्रविधियुक्त कोर बैंकिङ सिस्टम ‘प्रिमियम सीबीएस’ स्थापनाको ११औं वर्षमा प्रवेश गरेको छ ।
आईएसओ ९००१ः२०१५ प्रमाणित सहकारी सफ्टवेयर ‘प्रिमियम सीबीएस’ सहकारी क्षेत्रमा लोकप्रिय छ । प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निमार्ण गरेको कोर बैंकिङ सिस्टमलाई देशरभरका ४ सय ५० भन्दाबढी संस्थाहरुले प्रयोग गर्दै आएका छन्।
सहकारीहरुको साथै लघुवित्त, व्यवसायिक कम्पनी तथा फर्महरूको सेवालाई प्रविधि युक्त बनाउन प्रिमियम टेक्नोलोजीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
११औं स्थापना दिवसको अवसरमा कम्पनीसँग जोडिएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट सेवा प्रवाह गर्ने प्रतिवद्धता प्रिमियम टेक्नोलोजीले जनाएको छ ।
प्रविधिको सेवा मात्र हाम्रो उद्देश्य नभएर त्यस्ता संघ संस्थालाई ब्यवस्थित, मर्यादित अनि विश्वासिलो बनाउनु पनि हाम्रो दायित्व र कर्तब्य ठानेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनलाल बनले बताए । उनले भने, ‘हामीलाई लाग्छ आज हामी ११ वर्ष प्रवेश गर्दै गर्दा हामीले हाम्रा सदस्य ग्राहकहरुबाट पाएको मायाले हामी त्यो दायित्व र कर्तब्यबाट विमुख भएका छैनौं झनै हौसियका छौं । त्यसैले ४५० संघ/ संस्थासँग जोडिन पाएका छौं । हामीले पाएको यो विश्वासको हाँगा हामी अझै फैलाउँदै जाने छौं । हामीले पनि उच्चस्तरिय डिजिटल सेवा प्रदान गर्ने हाम्रो बाचा पुरा गरेका छौं र आगामी दिनमा पनि अझ समय सापेक्ष परिस्कृत सेवा दिन हामी तत्पर छौं ।’
आगामी दिनमा स्तरिय, परिस्कृत र नविततम् प्रविधिहरु अवलम्वन गर्दै सुरक्षित, स्वचालित र सहज रूपमा एकीकृत सेवा प्रवाह गर्ने प्रतिवद्धता कम्पनीले जनाएको छ ।
‘प्रिमियम सीबीएस’ ईआरपी र माईक्रो सर्भिस मोडेलमा आधारित छ । नविनतम् टेक्नोलोजीमा बनेको यस सफ्टवेर सेक्युरिटीमा विशेष ध्यान दिएको छ ।
२ फ्याक्टर सेक्युरिटी, म्यानेजर तथा बोर्डलाई चाहिने म्यानेजमेन्ट रिपोर्ट, लोन अटोमेसन सिस्टम, नेपाली र अंग्रेजी भाषा, लाईभ च्याट/सर्पोट, नयाँ युजर इन्टरफेस लगायत सफ्वेटरको विशेष फिचरहरु हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार