क्षतिग्रस्त प्रहरी कार्यालयलाई जनउत्थान सहकारीको सहयोग
काठमाडौं : तिलोत्तमा-१५, कोटिहवा, रुपन्देहीमा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले क्षतिग्रस्त मंगलापुर इलाका प्रहरी कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामग्री हस्तान्तरण गरेको छ।
सोमबार संस्थाका अध्यक्ष गिरीप्रसाद पुन, सञ्चालक समितिका पदाधिकारी, व्यवस्थापक रणबहादुर थापा लगायत कर्मचारीहरुको उपस्थितीमा कम्प्युटर, प्रिन्टर, दराज र लोवेड टाइपको सीटर लगायतका सामग्री सहयोग हस्तान्तरण गरेको हो ।
जेन जी प्रदर्शनका क्रममा मंगलापुर इलाका प्रहरी कार्यालय तोडफोड र आगजनीबाट क्षतिग्रस्त बन्न पुगेको थियो । कार्यालयलाई पुनःस्थापना गरी सेवा प्रवाह सुचारु गर्नको लागि संस्थाले उक्त सामग्री हस्तान्तरण गरेको हो ।
सहकारीप्रति चासो भन्ने सिद्धान्तको पालना र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिन्सी सामग्री सहयोग गरेको संस्थाका व्यवस्थापक थापाले बताए। जनउत्थान सहकारी नाफा मात्रै नभई सामाजिक विकासमा पनि योगदान दिनुपर्छ भन्ने मान्यता राख्ने संस्था भएको थापाको भनाई छ। सानो सहयोगले ठुलो राहत हुने र आ-आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्न समेत संस्थाले आव्हान गरेको छ ।
सहयोग प्रति आभार व्यक्त गर्दै सहयोगले कार्यालय सञ्चालन गर्न र सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास प्रहरी कार्यालयको छ।
४० हजारभन्दा बढी आवद्ध रहेको जनउत्थान सहकारी सन् २०२५ मा एक्सेस ब्राण्ड प्राप्त गर्ने नेपालको एक मात्र सहकारी हो । २०८२ साउन मसान्तसम्म ४ अर्ब ४४ करोड कुल सम्पत्ती रहेको संस्थाको कुल जगेडा कोषको आकार ४० करोड ४७ लाख रहेको छ।
संस्थाबाट १० हजार ८ सय ८३ जनाले ऋण उपभोग गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार