रामकोट सहकारीद्वारा बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण
२०८२ भदौ २९, आईतवार
धादिङ : निलकण्ठ नगरपालिका-८, साँघुटारमा मुख्य कार्यालय रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
६१ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर संस्थाका बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । संस्थाले हरेक वर्ष बाल बचतकर्ताहरुलाई स्टेशनरी सामाग्री वितरण गर्दै आएको छ र
‘बाल मैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने मुल नारासहित संस्थाले मुख्य कार्यालय र सेवा केन्द्र रामकोट हटियाबाट स्टेशनरी सामाग्री वितरणको सुरुवात गरेको हो । संस्थाले सम्पूर्ण बाल बचतकर्ताहरुको अभिभावकलाई आफूलाई पाएक पर्ने स्थानबाट स्टेशनरी सामाग्री बुझिलिनको लागि अनुरोध पनि गरेको छ ।
संस्थाले भदौ २९ र ३० गते संस्थाबाट उक्त सामाग्री वितरण हुने जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार