जेन जी सहिद पार्क बनाउन सहकारी पीडित महासंघको माग
काठमाडौं : सहकारी पीडितहरूको संस्था सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ।
यही भदौ २३ गते नयाँ बानेश्वर स्थित संसद भवन अगाडि प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका युवाहरूको शालिक निर्माण गरी तिनकुनेको खुल्ला चौरलाई सहित जेन जी पार्क बनाउन महासंघले माग गरेको हो। महासंघका अध्यक्ष कुशलब केसीले चक्रपथ परिक्रमा गर्नेगरी शहिदहरूको शव यात्रा निकाल्नुपर्ने, तिनकुनेलाई औपचारिक रूपमा ‘सहिद जेन जी पार्क’ घोषणा गरी सालिक निर्माण स्थलको शिलान्यास पश्चात् मात्र अन्त्येष्टि गर्नुपर्ने माग गरिएको जानकारी दिए ।
शहीदहरूको सम्मान तथा सहिदका परिवार र घाइतेहरूलाई उचित व्यवस्थापनका लागि खबरदारी गर्दै आज दिउँसो १ बजे दबाबमूलक र्याली निकाल्न लागिएको उनको भनाइ छ। महाराजगञ्ज स्थित महासङ्घको कार्यालयदेखि तिनकुने हुँदै बालुवाटार स्थित प्रधानमन्त्रीको निवाससम्म प्रतीकात्मक शव सहित दबावमूलक खबरदारी ¥याली निकालिने अध्यक्ष केसीले बताए।
महासङ्घले जारी गरेको मागपत्रमा हरेक राष्ट्रपति तथा प्रधानमन्त्रीले शपथ ग्रहणपछि अनिवार्य रूपमा जेन्जी शहिदहरूको सालिकमा माल्यार्पण गर्ने व्यवस्था मिलाउनुपर्ने, सहिदका परिवारलाई स्वास्थ्य, शिक्षा र आवाससहित जीवनयापनका लागि आवश्यक व्यवस्थापन सरकारले गरिदिनुपर्ने लगायतका माग उल्लेख गरिएको छ।
त्यसैगरी आन्दोलनमा घाइते भएका युवाहरूलाई राष्ट्रिय सम्मान दिने व्यवस्था मिलाउनुपर्ने, सहिका परिवार तथा घाइते र सहकारी पीडितलाई संसद् तथा सरकारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि महासंघले राखेको छ।
महासङ्घका अध्यक्ष केसीले भने, सहिदहरूको बलिदानी, घाइतेहरूको योगदान र हामीले ३६ महिनादेखि गरिरहेको संघर्षको पृष्ठभूमिमा अहिलेको सरकार बनेको हो, त्यसैले यो सरकारमा पनि उनीहरूको प्रतिनिधित्व हुनुपर्छ।“
अध्यक्ष केसीले आन्दोलनका पीडित र सहकारी पीडितहरूको माग पूरा नहुँदासम्म आन्दोलनलाई सशक्त बनाउँदै लैजाने जानकारी पनि दिए। भ्रष्टाचारको अन्त्य र बचत फिर्ताको माग गर्दै महासंघले ३६ महिना अगाडिदेखि गरिरहेको आन्दोलनका क्रममा अध्यक्ष केसीसहित सयौँ व्यक्ति पटकपटक घाइते तथा गिरफ्तार भएको जनाइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार