सहकारी महासंघको भन्यो- ‘सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्नू’
काठमाडौं : नेपालको सहकारी अभियानको शीर्षस्थ निकायका रुपमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।
महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रेस विज्ञप्ति जारी गर्दै सहकारी सदस्य, सहकारीकर्मी तथा कर्मचारीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।
साथै जोखिमपूर्ण अवस्था सिर्जना भएमा कार्यालय तथा कर्मचारीको जनधनको सुरक्षालाई सर्वोपरी मान्दै आवश्यक निर्णय लिन समेत आग्रह गरिएको छ । महासंघले सबैमा संयम, धैर्य र एकताको भावना कायम राख्न समेत अपिल गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘जेन जिद्वारा सुरु गरिएको आन्दोलनका क्रममा जीवन गुमाएका अमूल्य युवाहरुप्रति राष्ट्रिय सहकारी महासंघ नेपाल हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनका क्रममा देशले व्यहोर्नुपरेको ठूलो जनधनको क्षतिप्रति महासंघ गहिरो दुःख प्रकट गर्दछ । यस संवेदनशील घडीमा वार्ता र संवादमार्फत शान्तिपूर्ण समाधान खोज्ने पहलको महासंघ स्वागत गर्दछ । सामाजिक एकता र सद्भाव नेपाली समाजको विशिष्ट विशेषता हो भन्ने दृढ विश्वासका साथ सहकारी क्षेत्रले संयमता, धैर्य र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउन चाहन्छौं ।’

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार