नियामकीय निर्देशन पालना गर्दै ज्योतिपुञ्ज साकोसले सम्पन्न गर्यो १५औं साधारण सभा
काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम गैर सदस्य व्यक्ति वा पदाधिकारीलाई आमन्त्रण गरी उद्घाटन सत्र, आसनग्रहण, अतिथि मन्तव्यजस्ता औपचारिक कार्यक्रम नगरी सीधै एजेण्डामा छलफल भएको थियो ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, विनियम संशोधन, आन्तरिक नीति तथा कार्यविधि लगायत १२ वटा एजेण्डा उपर छलफल गरी पारित गरेको छ ।
सभामा संस्थाका अध्यक्ष श्रेष्ठले सहकारीका सिद्धान्त र मुल्य अनुरुप संस्थाले सदस्यहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र पर्यावरणीय विकासलाई प्राथमिकताको अग्रभागमा राखेर नीति, कार्यक्रम र उत्पादन सेवाहरु विकास गर्दै आएको कारण ज्योतिपुञ्ज सहकारी सबल र सफल सहकारीहरू मध्ये एक उदाहरणीय संस्थाको रुपमा स्थापित भएको बताए । संस्थालाई व्यवस्थित, पारदर्शी, चुस्त र दुरूस्त राख्न सुशासनका नमुना अभ्यासहरूको प्रयोग भएको समेत बताए ।
वित्तीय सूचकाङ्कहरू हरेक हिसाबले सबल बनाउँदै सदस्यहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउने कार्यमा संस्थाको प्रयास केन्द्रित गर्ने, सेवालाई अझ आधुनिक, विस्तृत र प्रतिस्पर्धी बनाउँदै सदस्यहरूको पूँजीमा न्यायोचित प्रतिफलको साथमा सुरक्षित क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता अध्यक्ष श्रेष्ठले गरे ।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवराज कार्कीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तावित नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक वर्ष २०८१/८२ मा संस्थाले २ करोड ७२ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति १ अर्ब ३७ करोड पुगेको छ भने जगेडा कोषमा १२ करोड ४४ लाख रुपैयाँ रहेको छ । २०८१/८२ को मुनाफबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश बाड्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
चालु आर्थिक वर्षमा सेयर पुँजी ९ करोड ५ लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याउने लक्ष्य संस्थाले राखेको छ । त्यस्तै बचत १ अर्ब ४ करोडबाट बढाएर १ अर्ब १५ लाख, लगानी १ अर्ब १ करोडबाट बढाएर १ अर्ब १६ करोड र जगेडा तथा कोषहरु १४ करोड ७३ लाखबाट बढाएर १५ करोड ८५ लाख पुर्याउने लक्ष्य लिईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार