सूर्यकोट साकोसको १६औँ साधारण सभा सम्पन्न
काठमाडौं : कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामशरण सुवेदीको अध्यक्षता एवं काठमाडौं महानगरपालिका ३२ नम्बर वडा अध्यक्ष नवराज पराजुलीको प्रमुख आतिथ्यता थियो ।
साधारणसभाको उद्घाटन गर्दै वडा अध्यक्ष पराजुलीले पछिल्लो समय सहकारीहरुको अवस्था कमजोर बन्दै गएकोमा सूर्यकोट बचत तथा ऋण सहकारीले नाफा कमाउन सक्नु सकारात्मक पक्ष भएको बताए।
उनले सूर्यकोटबाट अन्य सहकारीहरुले समेत अनुकरण गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता हंशराज वाग्लेले नेपालका सबै सहकारी डुबे पनि सूर्यकोटजस्ता केही सहकारीहरु उदाहरणीय बनेको बताए । उनले असल नियत राखेर सञ्चालन भएका सहकारीहरु कहिल्यै घाटामा जान नसक्ने बताए।

संस्थाका अध्यक्ष रामशरण सुवेदीले अन्य सहकारीहरु डुबेको अवस्थामा सूर्यकोट सहकारीले नाफा आर्जन गर्न सक्षम भएको बताए। उनले हाल सहकारीको स्थिति अत्यन्तै राम्रो रहेको समेत बताए।
संस्थाले आर्थिक वर्ष २०८१।०८२ मा सहकारीले ७० लाख नाफा कमाउन सफल भएको छ । संस्थामा एक हजार ४८२ जना आवद्ध छन् ।
कार्यक्रममा लेखा समिति संयोजक पीताम्बर भण्डारीले, कोषाध्यक्ष बालकृष्ण पौडेलले प्रस्तुत गगरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार