सेञ्चुरी बहुउद्देश्यीय सहकारीको चौथो साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: श्रेष्ठ
काठमाडौं : सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ई. योगेन्द्र कुमार श्रेष्ठको अध्यक्षता एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेको प्रमुख आतिथ्यतामा ढुंगेधारा स्थित च्छोरोल्पा ब्याङ्केटमा सम्पन्न भएको हो ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म संस्थामा २४० जना सदस्य आवद्ध भएका छन् । संस्थाको १ करोड २५ लाख २६ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । यस अवधिमा संस्थाले २ करोड ७६ लाख ४९ हजार बचत संकलन गरी ३ करोड ५७ लाख १० हजार रुपैयाँ लगानी गर्न सफल भएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । संस्थाको कुल संस्थागत पुँजी ३ लाख ४८ हजार रुपैयाँ रहेको छ । संस्थाले यस अवधिमा ३ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
साधारण सभामा टोखा नगरपालिका सहकारी विभाग प्रमुख कमला कार्की, तत्कालिन राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सदस्य सचिव प्रशन्न कुमार कोईराला, राष्ट्रिय सहकारी बैंक गोंगबु शाखा प्रमुख विष्णु गिरीको आतिथ्यता थियो । त्यस्तै विरेन्द्र कुमार श्रेष्ठ, राजन कोईराला, सुजन कुमार श्रेष्ठ, अधिवक्ता प्रकाश सिंह कठायतको पनि आतिथ्यता थियो । त्यसैगरी संस्थाका सल्लाहकारहरु होमबहादुर श्रेष्ठ, पिटर कुमार श्रेष्ठ, राम कुमार श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ र राजेन्द्र मल्लीको आतिथ्यता थियो ।
अध्यक्षमा पुन: ई. योगेन्द्र कुमार श्रेष्ठ
साधारण सभाले पुनः श्रेष्ठको अध्यक्षतामा सर्वसम्वत नयाँ नेतृत्व चयन गरेको छ ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा निरञ्जन खड्का, सचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएकी छिन् ।
त्यस्तै सञ्चालक समिति सदस्यहरुमा प्रकाश श्रेष्ठ, सञ्जु श्रेष्ठ, बालकुमार देवकोटा, दिपेश श्रेष्ठ र रुक्मिणी कार्की चयन भएकी छिन् ।
लेखा सुपेरीवेक्षण समतिको संयोजकमा रामकिशोर श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा डा. रोशन श्रेष्ठ र जीवन श्रेष्ठ चयन भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार