नेचुरल सहकारीको महिला सदस्य उत्प्रेरणा एवं तीज विशेष कार्यक्रम सम्पन्न
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ‘नेतृत्व विकास एवं हरितालिका तीज शुभकामना आदान प्रदान कार्यक्रम’ सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष शर्मिला शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यता थियो ।

तीजको शुभकामना आदान प्रदानसँगै महिला सदस्य उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा संस्थाको विभिन्न गतिविधिहरु, संस्थाको वित्तीय अवस्थाको जानकारी वृत्तचित्रमार्फत प्रबन्धक घनश्याम नेपालले गराएका थिए ।
त्यस्तैमहिलाहरुको नेतृत्व विकासमा नेचुरल सहकारीको भूमिका, संस्थाका विभिन्न बचत योजनाहरु, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिकाका साथै सेवाहरुका बारेमा सचिव विकल्प पाठकले जानकारी गराएका थिए।


कार्यक्रममा सहभागी सदस्यलाई उत्कृष्ट नृत्य वापत सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।
संस्थाले हरेक वर्ष नेचुरल नारी बचत योजना सहभागी महिला सदस्यहरुको लागि तीज पर्वको अवसर पारेर यस्तो कार्यक्रम गर्दै आएको छ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार