धादिङ बचतसंघको प्रमुख व्यवस्थापकमा कवीन्द्र धौबन्जार नियुक्त
काठमाडौं : धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको प्रमुख व्यवस्थापकमा कवीन्द्र धौबन्जार नियुक्त भएका छन् । भदौ ४ गतेदेखि लागू हुने गरी २ वर्षका लागि प्रमुख व्यवस्थापक नियुक्क्त भएका हुन् ।
संघका अध्यक्ष सीता दुवाडीले नियुक्ति पत्र प्रदान गर्दै नव नियुक्त प्रमुख व्यवस्थापकलाई बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिईन।
साथै संघमा विगत ५ वर्षदेखि प्रमुख व्यवस्थापकको रुपमा सेवा गरेका गोकर्ण दुवाडीले संघलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना साथ विदाई गरिएको थियो ।
धौबन्जारसँग सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक र चन्द्रागिरिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।
धौबन्जार सहकारी क्षेत्रको बारेमा राम्रो दखल राख्छन् भने सहकारी संघ संस्थालाई मुल्य, मान्यता र सिद्धान्तमा आधारित भई सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार