विकू साकोसले मनायो ३५औं स्थापना दिवस
काठमाडौं : विकू बचत तथा ऋण सहकारी संस्थाले बिहीबार आफ्नो ३५औं स्थापना दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले गरेका थिए भने नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं नेफ्स्कूनका पुर्व सञ्चालक खेमराज सापकोटा, संस्थाका पूर्व अध्यक्ष एवं नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्द्रराज ज्योति पौडेल, संंस्थाका पूर्व अध्यक्ष ओमप्रसाद सापकोटा, संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदी, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिबजी सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष बद्रिनाथ नेपाल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटा, संस्थाका पुर्व उपाध्यक्ष एवं समाजसेवी यमुनाथ आचार्य, गैंडाकोट नगरपालीकाका आर्थिक विकास शाखा प्रमुख देबेन्द्र गौतम, गरिमा सेवा केन्द्र व्यवस्थापन उप समिति संयोजक सानु भुषालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल सहकारी क्षेत्रमा पहिलो पटक विकू डिजिटल पार्कको उद्घाटन गरिएको थियो । उक्त डिजिटल पार्कको उद्घाटन एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के (लेनी)ले गरेकी थिईन । उनले विकूको यो सृजनशिलता तथा प्रयासका लागि धन्यवाद दिँदै विकू सबैका लागि नमुना सहकारी भएको बताईन।
संस्थाले आफ्नो ३५औं वार्षिक उत्सवको शुखद् सन्दर्भमा बृहत रक्तदान कार्यक्रम, स्कुल स्तरीय बक्तृत्वकला प्रतियोगिता, मानव सेवा सहयोग, पुर्ण विकू सदस्य वडा घोषणा, हाजिरी जवाफ प्रतियोगिता, फुटबल प्रतियोगिता, म्यूजिकल चियर, नृत्य प्रतियोगिता गरि समापन तथा स्थापना दिवसको विशेष समारोहको आयोजना गरेको थियो। हरेक बार्षिक उत्सव कार्यक्रममा केही नयाँ तथा सृजनशिल तथा सहकारी अभियानलाई टेवा पुग्ने गरि कार्यक्रमहरुको घोषणा तथा सञ्चालन गर्दै आईरहेको छ ।
कार्यक्रममा सर्वोत्कृष्ट सेवा केन्द्र पुरस्कार, सर्वोत्कृष्ट सेवा केन्द्र ईन्चार्ज, सर्वोत्कृष्ट कर्मचारी पुरस्कार, सर्वोत्कृष्ट 6S पुरस्कार, सवोत्कृष्ट सेवा केन्द्र व्यवस्थापन समिति पुरस्कार समेत प्रदान गरिएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार