पाँच तारा साकोसको आयोजनामा तीज विशेष तथा महिला सशक्तिकरण कार्यक्रम
काठमाडौं : पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार (आज) महिला सदस्य सशक्तिकरण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
संस्थामा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो । महिला सदस्यहरुलाई तीजको अवसरमा मनोरञ्जन दिनुका साथै उनीहरुलाई सहकारीका बारेमा जानकारी दिने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सदस्यहरुलाई खुशी भएर कार्यक्रममा रमाउन आग्रह गरे । जीवनमा सधै खुशी हुने मौका नआउने भन्दै उनले मौका मिल्दा एक अर्कामा खुशी साट्न र रमाएर जिन्दगी बिताउन अभिप्रेरित गरे । तीजलाई खाने लगाउने कुरामा मात्र खर्च नगरी सदस्यहरुलाई सशक्तिकरण गर्ने उदेश्य समेत कार्यक्रमको रहको अध्यक्ष पाठकले बताए ।
अध्यक्ष पाठकले साँस्कृतिक हिसाबले शहरी क्षेत्रमा तीजको मौलिकता क्षयिकरण हुँदै गएको भन्दै तीजलाई भड्किलो बनाउन नहुने बताए । महिलाहरुले संसारलाई परिवर्तन गर्न सक्ने सामथ्र्य राख्ने उल्लेख गर्दै घरको एक जना महिला शिक्षित हुँदा सिंगो परिवार नै शिक्षित हुने उनले बताए । त्यसैगरी महिला सदस्यहरु संस्थाका बारेमा सचेत हुँदा तपाईहरुबाट नै सहकारीको सचेतना फैलाउन सकिने उनको भनाई छ । घरपरिवार देखि संस्थामा समेत महिला सदस्यहरुको भूमिका महत्वपूर्ण हुने र संस्थामा पनि पुरुषको तुलनामा महिला सदस्य सक्रिय रहेको भन्दै प्रशंसा गरे ।

अध्यक्ष पाठकले सदस्यहरुले संस्थाले सञ्चालनमा ल्याएको विभिन्न बचत खातादेखि समय समयमा गरिने कार्यक्रममा सक्रिय सहभागि भएर योगदान गरिराखेको बताए । उद्यम खातालाई निरन्तर अगाडि बढाउने र सदस्यको बचतबाट ५ करोड तथा संस्थाबाट ५ करोड थप गरी कुनै व्यवसाय गर्ने योजना रहेको उनले जानकारी दिए । सहकारीले बचत लिने र ऋण लगानी गर्ने मात्र काम गर्यो भन्ने आरोप लागि राखेको बेला संस्थाले भने उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको उनले बताए । अध्यक्ष पाठकले संस्थाले अगाडि सारेको योजनालाई सफल बनाउन सदस्यहरुको सहभागिताको लागि आव्हान गरे । राष्ट्रिय सहकारी महासंघले सहकारीमा डिप्लोमा कोर्ष सञ्चालन गरेको जानकारी दिँदै इच्छुक सदस्यहरुलाई अध्ययन गर्न उनले सुझाव दिए ।
महिला सशक्तिकरणको यो पनि एउटा माध्यम भएको उनले बताए । संस्थाकी महिला समिति संयोजक बिन्दा कुँबरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार वर्ग, कर्मचारी र सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

सहकारी भनेको सदस्यको लागि भएको भन्दै व्यवस्थापक राधा कडरियाले उनीहरुलाई लक्षित गरी विभिन्न समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताइन् । तीज विशेष कार्यक्रममा सदस्यहरुले एक्कल नृत्य समेत प्रस्तुत गरेको उनले बताइन् । कार्यक्रमले सदस्यहरुमा खुशी थपेको भन्दै उनले सामुहिक रुपमा तीज कार्यक्रम मनाउँदा फजुल खर्च समेत कम जनाइन् । कार्यक्रमबाट सदस्यहरु खुशी र सन्तुष्ट भएको उनले बताइन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार