कोअपरेटिभ म्यानेजर्स क्लब कास्की र काभ्रेपलाञ्चोक बीच अन्तर्क्रिया
पोखरा : कोअपरेटिभ म्यानेजर्स क्लब कास्की र कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोक बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोकको पाँचौँ स्थापना दिवसको अवसरमा कास्कीको धम्पुसमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा काभ्रेपलाञ्चोक क्लबका अध्यक्ष गोपाल दाहालले विद्यमान अवस्थाबाट सहकारी अभियानलाई बचाउन सहकारी संस्थाका व्यवस्थापन प्रमुखको अहम् भूमिका रहेको बताउँदै विभिन्न जिल्लाका सहकारीका असल अभ्यास र सिकाइ आदानप्रदान गरी सहकारीको व्यवस्थापन पक्षको क्षमता बृद्धि नै कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको उद्देश्य रहेको बताए।
आर्थिक अपचलन गर्ने गिरोहले सहकारी क्षेत्रलाई वर्तमान अवस्थामा धमिल्याउन कोशिस गरेपनि समुदायसँग, समुदायकै सेवामा समुदायकै निम्न वर्गसँग जोडिएर नियामक निकायका ऐन, कानुन र निर्देशन अनुसार सञ्चालन भएका सहकारीलाई कसैले बद्नाम बनाउन नसक्ने जिकीर गर्दै अध्यक्ष दाहालले लोभ र लालच नभएका सञ्चालक र व्यवस्थापनले सहकारीको मर्म सदस्यलाई बुझाएर अगाडि बढे सहकारी अभियान थप सशक्त भएर जाने उल्लेख गरे।
शुभकामना मन्तव्य राख्दै कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकालले विद्यमान अवस्थाले सहकारीप्रतिको विश्वासमा संकट आएको बताउँदै विभिन्न गिरोह, संगठन र राज्यका निकायले पनि सहकारीका समस्यालाई तत्काल समाधान भन्दा पनि समस्यालाई ठूलो बनाएर आतंकित पार्ने प्रयास गरेको हो कि भन्ने शंका उब्जाएको र सदस्यको सहकारीप्रतिको धारणा अस्थिर बनाउन चलखेल गरेको आरोप लगाए।
म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीले विश्वमा आएको आर्थिक मन्दीको प्रभावले सबै क्षेत्रमा नकरात्मक असर पारेको अवस्थामा सहकारीका प्रमुखहरुको आत्मबल बढाएर सहकारी अभियानलाई अगाडि बढाउन अहम् भूमिका खेल्दै कास्कीका म्यानेजरहरुको क्षमता बृद्धिमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा काभ्रेपलाञ्चोक म्यानेजर्स क्लबका निवर्तमान अध्यक्ष मदन बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए। दुवै संस्थाका कार्यसमिति र पूर्व अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रम कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षता भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव शंकर प्रसाद पौडेलले गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार