२६ वैशाख २०८३, शनिवार

विनोद साफी बने मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक

२०८२ साउन ३१, शनिवार
विनोद साफी बने मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक

काठमाडौं : विनोद कुमार साफी मधेश प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक बनेका छन् ।

राजविराज-४, सप्तरीमा मुख्य कार्यालय रहेको आईडियल बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक रहेका साफीलाई नेफ्स्कूनले उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत गरेको हो ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)ले ३८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा साफीलाई मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषणा गरी पुरस्कृत गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले साफीलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।

साफीसँग सहकारी क्षेत्रमा काम गरेको १८ वर्ष लामो अनुभव छ । साफीले १७ हजार ६ सय ८६ सदस्य रहेको आईडियल साकोसको व्यवस्थापकीय बागडोर सम्हालिरहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ५० करोड रहेको छ ।

अभिलेख

लोकप्रिय