यी हुन् नेफ्स्कूनबाट सम्मान तथा पुरस्कार पाउने व्यक्ती र सहकारी
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सहकारी तथा साकोस अभियानमा दीर्घ योगदान दिने, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् सहकारीहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।
शनिबार ३८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा विभिन्न विधामा उत्कृष्टहरुलाई सम्मानित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले नेफ्स्कून सम्मान तथा पुरस्कार २०८२ बाट विभिन्न व्यक्ति तथा सहकारीलाई सम्मानित गरेका थिए ।
नेफ्स्कूनले लामो समयदेखि सहकारी तथा साकोस अभियानमा योगदान दिने व्यक्तित्व तथा उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ/संस्थाहरुलाई स्थापना दिवसको अवसरमा सम्मान पुरस्कार घोषणा गरी वार्षिक साधारण सभामा प्रदान गर्ने प्रचलन थियो । तर, यस वर्षबाट भने स्थापना दिवसमै घोषणा गरी प्रदान गर्ने गरेको छ ।
नेफ्स्कून सम्मान पुरस्कार छनौट उपसमितिकातर्फबाट संयोजक एवम् संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले सम्मान पुरस्कार घोषणा गरेका थिए ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार