३८औं स्थापना दिवस मनाउँदै नेफ्स्कून, सम्मान तथा पुरस्कार घोषणासँगै वितरण
काठमाडौं : देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज आफ्नो ३८औं स्थापना दिवस मनाउँदैछ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले ३७वर्षको इतिहास पूरा गरेको छ ।
२०४५ साल साउन ३२ गते तत्कालीन साझा केन्द्रका अध्यक्ष भोजराज घिमिरेको पहलमा बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको दिनको सम्झनामा प्रत्येक वर्ष नेफ्स्कूनले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।
नेपालको वित्तीय सहकारी संस्थाहरुको प्रवर्धन, विकास, व्यावसायिककीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापनको चरणमा क्रियाशील संघले ‘सुरक्षित साकोस र समुन्नत समाजका लागि सहकार्य’ भन्ने भाव सहित आफ्नो ३८औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउन लागेको हो ।
२०४५ साल साउन २३ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो । संघले स्थापना भएको मितिलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । स्थापना दिवसकै अवसरमा नेफ्स्कूनले साकोस अभियानमा योगदान पुर्याउने व्यक्तिहरु, उत्कृष्ट कार्यसम्पादन गर्ने व्यवस्थापकहरु एवम् गुणस्तरीय सदस्य सेवामा समर्पित संघ संस्थाहरुलाई सम्मान पुरस्कृत गर्दैछ ।
यस अघि स्थापना दिवसमा घोषित सम्मान पुरस्कार वार्षिक साधारणसभामा प्रदान गर्दै आएको भएपनि यसपटकबाट आजै वितरण गरिने संघका महासचिव घनश्याम अधिकारीले जानकारी दिए।
यसैगरी, सदस्य संघ संस्थाहरुमा सुशासन प्रवर्धनका लागि एकीकृत स्वनियमन मार्गदर्शन जारी गर्ने, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धन्नमा संघले संञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्ष उत्तिर्णहरुलाई दिक्षित गर्ने लगायतका कार्यक्रम रहेको महासचिव अधिकारीले बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार