इन्द्र घिमिरे बने बागमती प्रदेशकै उत्कृष्ट व्यवस्थापक
काठमाडौं : बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक ललितपुरका इन्द्र घिमिरे बनेका छन् ।
ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई नेफ्स्कूनले उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत गरेको हो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)ले ३८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा घिमिरेलाई बागती प्रदेशकै उत्कृष्ट व्यवस्थापक घोषणा गरी पुरस्कृत गरेको हो । पुरस्कारको राशी कर बाहेक १० हजार रुपैयाँ रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले घिमिरेलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए ।
घिमिरेसँग सहकारी क्षेत्रमा काम गरेको २७ वर्ष लामो अनुभव छ । १ अर्ब ७७ करोड सम्पत्ति रहेको हाम्रो साकोसको व्यवस्थापकीय बागडोर घिमिरेले सम्हाल्दै आएका छन् । संस्थामा करिब ७ हजार सदस्य आवद्ध छन् ।
हाम्रो साकोस उत्कृष्ट सहकारी मध्येको एक हो । संस्थाले विभिन्न पुरस्कार समेत प्राप्त गरेको छ । संस्था स्तरीकरण कार्यक्रम एक्सेसमा समेत आवद्ध छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार