सगुन साकोसले मनायो २६औं स्थापना दिवस
काठमाडौं : सर्लाही जिल्लाको हरिवन नगरपालिका-११, मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ औँ स्थापना दिवस मनाएको छ ।
संस्थाको सभा हलमा अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षता एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले सगुन सहकारीप्रति आम मानिसको विश्वास र भरोसा रहेको बताए । संस्था स्थापना दिवसको शुभकामना व्यक्त गर्दै उप्रेतीले आगामी दिनमा थप सफलताको शुभकामना समेत व्यक्त गरेका थिए । सगुन सहकारीले उखु किसानको भुक्तानीदेखि अनेक संकटका बेला सहज र सुविधाजनक ढंगले वित्तीय कारोवार गरेर शेयर सदस्यलाई खुसी बनाइ राख्न सफल भएको भन्दै प्रशंसा गरे ।
त्यस्तै मधेश प्रदेश सभा सदस्य तथा सहकारी अभियन्ता जवाहारलाल कुशवाहाले अन्य थु्रपै सहकारी संस्था फरार भएका र टाट पल्टिएको अवस्थामा सगुन सहकारी भने मधेश प्रदेशमै उत्कृष्ट सहकारीको रुपमा उदाएको भन्दै आगामी दिनमा अझ सफलता चुम्ने गरी अघि बढ्न सुझाव दिए।

त्यसैगरी हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले विभिन्न समयको आन्दोलन, कोरोना महामारीलगायत संकटका बेला अन्य ठूला वाणिज्य बैंकहरुले यस भेगमा पैसा दिन नसकिरहेको अवस्थामा सगुन सहकारीले जोखिम मोलेर सिमरा, हेटौंडासम्म गएर पैसा ल्याई शेयर सदस्य तथा सर्वसाधारणलाई भुक्तानी गरेको भन्दै यस क्षेत्रमा संस्थाको sयोगदान उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापा, जिल्ला बचत संघकी अध्यक्ष मन्दिरा आचार्य, संस्थाका उपाध्यक्ष राजकुमार उप्रेती, संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, सल्लाहकार विदुरकुमार प्याकुरेल, सहकारी संजाल हरिवनका संयोजक रामप्रसाद घिमिरे र संस्थाको युवा उप–समिति सदस्य उत्तरकुमार मैनालीले मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका सचिव विनोद कार्कीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष पदमा मोक्तानले स्वागत मन्तव्य व्यक्त गरिन् । २६ औँ स्थापना दिवसको अवसरमा संस्थाले आज नै आफ्नो स्मारिक समेत विमोचन गरेको छ ।
संस्था स्थापनाको २६ औँ वर्षमा लागेको अवसरमा आयोजित कार्यक्रममा बचतकर्ता, व्यवसायी, उत्कृष्ट बाल बचत सम्मान, उत्कृष्ट कर्मचारी सम्मान र सगुन रजत पत्रकारिता सम्मान प्रदान गरिएको छ ।
उत्कष्ट नियमित बचत सम्मानबाट लालबन्दी ४ का देवराज पौडेल, लालबन्दी ७ का धनबहादुर श्रेष्ठ र लालबन्दी १ की शान्ता देवकोटालाई सम्मान गरिएको छ । व्यवसायी सम्मानतर्फ उत्कृष्ट व्यवसायी हरिवन ११ का शेष सुकतान, हरिवन ११ कै सकिला खातुन, हरिवन ९ का नागेन्द्रकुमार कुशवाहा, बागमतीकी नारायणी सापकोटा, बागमतीकै वुद्धिबहादुर बानियाँ र हरिवन ११ का सम्झना थापालाई सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला, प्रमाण–पत्र र नगद ४ हजारसहित सम्मान गरिएको हो ।
यस्तै उत्कृट बाल बचत सम्मानबाट हरिवन ६ घुर्कौलीकी लक्ष्मी योन्जन, हरिवन ११ हाल धरहराकी अनुजा बल, हरिवन ६ घुर्कौलीकी सृष्टि मैनाली, हरिवन ११ की अलिसा दाहाल, बागमती कर्मैयाकी जोत्सना बानियाँ, हरिवन ८ का दिक्सन श्रेष्ठ, हरिवन ११ का ऋषि दाहाल, हरिवन ८ का आशिष श्रेष्ठ, हरिवनका आरभ भट्टराई र हरिवन ८ का सक्षम पोखरेललाई सम्मान गरिएको थियो । उत्कृष्ट बाल बचतकर्तालाई ब्याग प्रदान गरी सम्मान गरिएको थियो ।
यस्तै संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा सेवा केन्द्र बागमतीकाका प्रमुख अशोक कोइराला, ऋण ताकेता फाँटकी शोभा न्यौपाने, ऋण सदस्य सेवाका सरोज कुमार महतो, सुरक्षा फाँटका लोकबहादुर खड्का र सदस्य सेवा सहायक बिशाल दाहाललाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीलाई ५ हजार नगदसहित सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरिएको हो ।
त्यसैगरी सगुन रजत पत्रकारिता सम्मानबाट उज्यालो अभियान दैनिकका समाचार प्रमुख एवं संचारकर्मी जनार्जन खत्रीलाई सम्मान–पत्र, दोसल्ला र नगद ७ हजार रुपैयाँसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।

३६ जनाबाट सुरु भएको सगुन साकोस हाल १३ हजार ७ सय १० सदस्यको बिशाल परिवार बनेको छ । स्थानिय समाजसेवी, राजनैतिक, ब्यवसायीक तथा समाज अग्रज ब्यक्तित्वहरुसँग भएको जम्मा १ लाख ७६ हजार रुपैयाँ पुँजीबाट सगुनले यात्रा सुभारम्भ गरेको थियो । तत्कालिन डिभिजन सहकारी कार्यालय बारा कलैयामा साउन १९ गते दर्ता भई असोज ६ गते संस्थाले प्रारम्भिक साधारण सभा सम्पन्न गरी एउटा कोठाबाट कारोबार सुरु गरेको थियो ।
तत्कालिन समयमा ३५ जना सदस्यहरुबाट प्रतिव्यक्ति ५ हजार र एक जना सदस्यबाट १ हजार शेयर रकम संकलन गरी कारोवार शुरु गरेको संस्थाको २०८२ असार मसान्तसम्म आईपुग्दा १५ करोड ११ लाख ४ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा मात्रै १३ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत पुँजी १४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
संस्थाले १ अर्ब ३३ करोड २२ लाख बचत संकलन गरी १ अर्ब १९ करोड ९७ लाख रुपैयाँ लगानी गर्न सफल भएको संस्थाका प्रबन्धक रविन्द्र रानाले जानकारी दिए । संस्थाको कुल सम्पत्ति १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ रहेको छ ।
हाल सगुन साकोसको मुख्य कार्यालय हरिवन-११, सर्लाहीमा रहेको छ भने सदस्यहरुको सेवाको लागि ५ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । बागमती नगरपालिकाको ढुंग्रेखोलामा बागमती सेवा केन्द्र, लालबन्दी न.पा. मा लालबन्दी सेवा केन्द्र, बरहथवा न.पा मा बरहथवा सेवा केन्द्र, हरिपुर न.पा.मा हरिपुर सेवा केन्द्र, ईश्वरपुर न.पा मा ईश्वरपुर सेवा केन्द्र सञ्चालनमा रहेको छ।
संस्थाले सदस्यहरुको चाहना बमोजिम २२ प्रकारका बचत खाता सञ्चालन ल्याएको छ । उखु किसानको रकम भुक्तानीको लागि बेग्लै बचत खाता सञ्चालन, हप्ताको सातै दिन सेवा प्रदान, प्रविधि मैत्री मोबाईल बैंकिङ सेवा, एटिएम सेवा, संस्था शुसासनमा राख्नको लागि नियमित पल्र्स विश्लेषण, जतिसुकै रकम राख्न र झिक्न सकिने व्यवस्था, बिप्रेषण सेवा सञ्चालन गरिरहेको छ । त्यस्तै संस्थाले स्तरीकरण कार्यक्रम एक्सेस र प्रोबेशनमा आवद्धता जनाएको छ ।
हालसम्म राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक, आन्तरिक राजस्व कार्यालय, प्रदेश सहकारी मन्त्रालयबाट संस्थाले सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।
संस्थाले नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम, विभिन्न सामाजिक गतिविधि, हरेक वर्ष रक्तदान कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार