२६वर्षमा सगुन साकोस: गुणस्तरीय, विश्वसनीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं : सर्लाही जिल्लाको हरिवन नगरपालिका-११, स्थित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको २६ वर्षमा प्रवेश गरेको छ । ३६ जनाबाट सुरु भएको सगुन साकोस हाल १३ हजार ७ सय १० सदस्यको बिशाल परिवार बनेको छ ।
स्थानिय समाजसेवी, राजनैतिक, ब्यवसायीक तथा समाज अग्रज ब्यक्तित्वहरुसँग भएको जम्मा १ लाख ७६ हजार रुपैयाँ पुँजीबाट सगुनले यात्रा सुभारम्भ गरेको थियो । तत्कालिन डिभिजन सहकारी कार्यालय बारा कलैयामा साउन १९ गते दर्ता भई असोज ६ गते संस्थाले प्रारम्भिक साधारण सभा सम्पन्न गरी एउटा कोठाबाट कारोबार सुरु गरेको थियो ।
संस्थाको संस्थापक अध्यक्ष बाबुराम घिमिरे थिए भने हाल केशव प्रसाद ढकालले संस्थाको नेतृत्व गरिरहेका छन् ।
२६ औँ स्थापना दिवसको अवसरमा सदस्य लगायत यस संस्थासँग सरोकार राख्ने सम्पूर्णमा संस्थाले हार्दिक शुभकामना ब्यक्त गरेको छ । सदस्यहरुले दिएको अपार माया, साथ र सहयोगको लागि संस्थाले कृतज्ञा तथा अभार व्यक्त गरेको छ । आगामी दिनहरूमा साथ सहयोगको अपेक्षा गर्दै उत्कृष्ट ब्यवसायीक एवम् दिगो सहकारी संस्थाको रूपमा अझ गुणस्तरीय, विश्वसनीय र उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले व्यक्त गरेका छन् ।

तत्कालिन समयमा ३५ जना सदस्यहरुबाट प्रतिव्यक्ति ५ हजार र एक जना सदस्यबाट १ हजार शेयर रकम संकलन गरी कारोवार शुरु गरेको संस्थाको २०८२ असार मसान्तसम्म आईपुग्दा १५ करोड ११ लाख ४ हजार रुपैयाँ सेयर पुँजी रहेको छ । संस्थाको जगेडा कोषमा मात्रै १३ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत पुँजी १४ करोड १७ लाख रुपैयाँ रहेको छ ।
संस्थाले १ अर्ब ३३ करोड २२ लाख बचत संकलन गरी १ अर्ब १९ करोड ९७ लाख रुपैयाँ लगानी गर्न सफल भएको संस्थाका प्रबन्धक रविन्द्र रानाले जानकारी दिए । संस्थाको कुल सम्पत्ति १ अर्ब ७५ करोड १५ लाख रुपैयाँ रहेको छ ।
हाल सगुन साकोसको मुख्य कार्यालय हरिवन-११, सर्लाहीमा रहेको छ भने सदस्यहरुको सेवाको लागि ५ वटा सेवा केन्द्रहरु सञ्चालनमा छन् । बागमती नगरपालिकाको ढुंग्रेखोलामा बागमती सेवा केन्द्र, लालबन्दी न.पा. मा लालबन्दी सेवा केन्द्र, बरहथवा न.पा मा बरहथवा सेवा केन्द्र, हरिपुर न.पा.मा हरिपुर सेवा केन्द्र, ईश्वरपुर न.पा मा ईश्वरपुर सेवा केन्द्र सञ्चालनमा रहेको छ।
संस्थाले सदस्यहरुको चाहना बमोजिम २२ प्रकारका बचत खाता सञ्चालन ल्याएको छ । उखु किसानको रकम भुक्तानीको लागि बेग्लै बचत खाता सञ्चालन, हप्ताको सातै दिन सेवा प्रदान, प्रविधि मैत्री मोबाईल बैंकिङ सेवा, एटिएम सेवा, संस्था शुसासनमा राख्नको लागि नियमित पल्र्स विश्लेषण, जतिसुकै रकम राख्न र झिक्न सकिने व्यवस्था, बिप्रेषण सेवा सञ्चालन गरिरहेको छ । त्यस्तै संस्थाले स्तरीकरण कार्यक्रम एक्सेस र प्रोबेशनमा आवद्धता जनाएको छ ।
हालसम्म राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक, आन्तरिक राजस्व कार्यालय, प्रदेश सहकारी मन्त्रालयबाट संस्थाले सम्मान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।
संस्थाले नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम, विभिन्न सामाजिक गतिविधि, हरेक वर्ष रक्तदान कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई हरेक वर्ष छात्रबृत्ति प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार