बाबियाखर्क सहकारीको ‘महिला सदस्य उत्प्रेरणा एवं वित्तीय साक्षरता कार्यक्रम’
काठमाडौं : बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले महिला सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले यही साउन २ गते काठमाडौंको जोरपाटी र साउन नौ गते शान्तिनगरमा महिला सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बलदेव कुमार पौडेलका अनुसार महिला सदस्यहरूका लागि दुईदिने महिला सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा साकोसले सञ्चालन गरेका क्रमिक प्रकृतिका बचतहरूका बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रममा साकोसका सचिव हरिप्रसाद घिमिरेले चालू आर्थिक बर्ष २०८२/०८३मा सदस्यमुखी कार्यक्रमहरू आयोजना गर्ने योजना रहेको बताए । महिला उपसमितिकी संयोजक श्रीभा नेपालले सहभागीहरूलाई स्वागत गर्दै सदस्यहरूलाई साकोसप्रति थप सकारात्मक बनाउने भएकोले कार्यक्रम प्रभावकारी रहेको बताइन् ।
४५ जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित हुने सदस्यहरूबीच हातमा मेहन्दी लगाएर साउन महिनाको साथै तीजको उपलक्ष्यमा शुभकामना आदान समेत गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको उद्धार तथा पुनर्निर्माणमा गुडविल साकोसको २ लाख ३६ हजार सहयोग
१७ भाद्र २०८३, बुधबार