राष्ट्रिय सहकारी बैंक रणनीति: संस्थागत विकाससँगै सहकारी क्षेत्रको सशक्तीकरण
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले आगामी आर्थिक वर्षलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्दै तीन दिने वार्षिक समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीले विगत आर्थिक वर्ष २०८१/८२ को प्रगतिको मूल्याङ्कनसँगै सहकारी क्षेत्रको सशक्तीकरणका लागि आवश्यक रणनीति तय गरेकाे छ।
धुलिखेलस्थित होटलमा सम्पन्न गोष्ठीमा बैंकका शाखा, प्रदेश कार्यालय र केन्द्रिय कार्यकारी व्यवस्थापनबीच छलफल गरी आगामी योजनाहरूमा जोड दिइएको थियो। कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले आर्थिक वर्ष २०८१/८२ मा बैंकका वित्तीय सूचकहरूमा उल्लेख्य सुधार आएको बताउँदै, नयाँ आर्थिक वर्षमा सदस्य सहकारी संस्थाहरूको आवश्यकता अनुसार सेवा प्रवाह गर्ने र संस्थागत विकासमा ध्यान केन्द्रित गरिने जानकारी दिए।
बैंकले वित्तीय तथा गैरवित्तीय सेवा, कर्जा सदुपयोग अनुगमन, परामर्श सेवा, संघ/संस्थासँग सहकार्य र डिजिटल प्रविधिको विस्तारमार्फत सहकारी क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ।
कार्यक्रममा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले सेवा प्रवाहलाई व्यवस्थित गर्दै सहकारी बैंकलाई पूर्ण व्यवसायिकता तर्फ लैजान सुधारका प्रयास भइरहेको बताए। उनले वित्तीय तथा अन्य सेवाहरूको प्रभावकारिता बढाउन व्यवस्थापन, प्रदेश र शाखा प्रमुखलाई सचेत रहन आह्वान गरे। प्रमुख कार्यकारी गुरागाईंले बैंकका योजना र कार्यक्रम नीतिगत निर्णय सञ्चालक समितिबाट, योजना निर्माण व्यवस्थापनबाट र कार्यान्वयन प्रदेश कार्यालय तथा शाखामार्फत हुने स्पष्ट प्रणालीमा अघि बढ्ने बताए।
गुरागाईंले सहकारी संस्थाहरूलाई डिजिटाइजेसन तर्फ अग्रसर गराउने बैंकको योजनाको चर्चा गर्दै, प्रविधिको प्रभावकारी प्रयोगले सहकारी क्षेत्रको साख वृद्धिमा योगदान पुर्याउने बताए। सदस्य संस्थाको लगानी सुरक्षित राख्दै दीर्घकालीन लाभ सुनिश्चित गर्न बैंकले विभिन्न योजना अघि सारेको जानकारी दिइयो।
गोष्ठीमा सहभागी प्रदेश प्रमुख र शाखा प्रमुखहरूले आ-आफ्नो क्षेत्रगत प्रगति, पूँजी पर्याप्तता, निक्षेप संकलन, कर्जा असुली, नयाँ उत्पादन र डिजिटल सेवा विस्तारसम्बन्धी अनुभव तथा आगामी योजना प्रस्तुत गरेका थिए।
हाल राष्ट्रिय सहकारी बैंकले देशभरका सहकारी संघ संस्थासँग मात्र कारोबार गर्दै ६८ वटा शाखाबाट सेवा दिइरहेको छ। बैंकमा हाल १६ हजार ४२६ शेयर सदस्य छन् भने ३ अर्ब ८९ करोड रुपैयाँ शेयर पूँजी, ४७ अर्बभन्दा बढी निक्षेप, र १९ अर्बभन्दा बढी कर्जा लगानी भइसकेको छ।
कार्यक्रमको सञ्चालन सदस्य सेवा महाशाखाका प्रमुख रामबाबु आचार्यले गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार