बीकू बचतको वार्षिक समिक्षा: करिब ८७ प्रतिशत उपलब्धि हासिल, गरिमा सेवा केन्द्र उत्कृष्ट
गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ । गत आर्थिक वर्षमा भएका कामहरुको समिक्षा गरि संस्थाको कारोबार लगायत अन्य गतिविधिलाई थप प्रभावकारी गराउने उद्देश्यका साथ बैठकको आयोजना गरिएको हो । बैठकको उद्घाट संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले गरेका थिए।
बैठकमा संस्थाको वर्तमान अवस्था, योजना र समसान्दर्भिक विषयका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले सहजिकरण गरेका थिए । बैठकमा विभागीय प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु र सबै सेवा केन्द्रका प्रमुखहरुको सहभागिता थियो । बैठकमा विभागिय तथा सेवा केन्द्र प्रमुखहरुले आ-आफ्नो विभाग तथा सेवा केन्द्रले गत आर्थिक वर्षमा हासिल गरेको उपलब्धी, आगामी लक्ष्य, सम्भावना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपायहरुको बारेमा प्रस्तुती पेश गरेका थिए।

संस्थालाई वित्तीय रुपमा अझ शसक्त बनाउनको लागि विभागीय तथा सेवा केन्द्रका प्रमुखहरुले आफ्नो योजनासहित धारणा राखेका थिए । संस्थाले गत आर्थिक वर्षमा लिएको लक्ष्यमा करिब ८७ प्रतिशतको उपलब्धि हासिल गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिए।
बीच गत आर्थिक वर्षको लागि सेवा केन्द्रलाई दिईएको वित्तीय लक्ष्य मध्ये सर्वोउत्कृष्ट उपलव्धी हासिल गरि गरिमा सेवा केन्द्र उत्कृष्ट सेवा केन्द्र हुन सफल भएको छ । हाल संस्थाले करीब ११ अर्ब बराबरको पूँजी संकलन तथा परिचालन गरी २४ वटा सेवा केन्द्रमार्फत करिब १ लाख ३० हजार सदस्यलाई सेवा पुर्याएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार