पाँच सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता
२०८२ साउन ९, शुक्रबार
काठमाडौं : बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्या ग्रस्त घोषित पाँच सहकारी संस्थाका ऋणीहरुलाई भदौ मसान्तभित्र ऋण तिर्न ताकेता गरेको छ ।
कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, दर्शन, नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरुलाई भदौ ३१ गतेभित्र ऋण तिर्न ताकेता गरेको हो ।
समस्या ग्रस्त घोषित उक्त सहकारीका ऋणीहरूलाई यसअघि पनि पटकपटक सूचना प्रकाशित गरिएको र फोनबाट समेत ऋण तिर्न आग्रह गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएपछि कार्यालयले जारी गर्दै तोकिएको समयभित्र ऋण नबुझाएमा साँवा, ब्याज र हर्जाना रकमसमेत गणना गरी ऋण असुल गर्ने चेतावनी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार